• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

गोरखामा जडीबुटीबाट २० लाख राजस्व

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १६, शुक्रबार ११:३१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    गोरखा- जडीबुटी सङ्कलनबाट गोरखामा गत आर्थिक वर्षमा रु २० लाख १६ हजार ४०४ राजस्व दाखिला भएको छ । गत आव विभिन्न गाउँपालिकामा सङ्कलन तथा निकासी भएका ४६ हजार ९७४ केजी जडीबुटीबाट डिभिजन वन कार्यालय र मनास्लु संरक्षण क्षेत्र आयोजनाले उक्त रकम प्राप्त गरेका हुन् ।

    मनास्लु क्षेत्रभित्र मात्र ११ हजार ३९२ केजी जडीबुटी सङ्कलन तथा निकासी भएको आयोजना कार्यालयले जनाएको छ । आयोजनाले रु १२ लाख ७० हजार ४१९ राजस्व सङ्कलन भएको जनाएको छ । गत आव ३४ दशमलव १९ केजी यार्सागुम्बाबाट रु १० लाख ८९ हजार ८९० राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख सन्तोष शेरचनले बताए ।

    मनास्लु क्षेत्रमा बुकीफूल, पदमचाल, रातोच्याउ, निर्मसी, टुकीफूल, टिमुर, धुपी, सुनपाती, सेतक्चिनी, गुलाफ, जिम्बु, चिराइतोलगायत जडीबुटीबाट राजस्व सङ्कलन गरिएको हो ।

    गत आव मनासलु क्षेत्रबाहेकका अन्य वनक्षेत्रबाट सङ्कलित ३५ हजार ५८२ केजी जडीबुटीबाट डिभिजन वन कार्यालयले सात लाख रु ४५ हजार ९८५राजस्व सङ्कलन गरेको जनाएको छ । कार्यालयले सबैभन्दा धेरै जटामसीबाट रु तीन लाख ५६ हजार २५०सङ्कलन गरेको छ ।

    Post Views: 247
    • जडीबुटी
    • राजस्व
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.