• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

विपद्‌बाट बागमती प्रदेश बढी प्रभावित, आँकलन गरिए जसो भएन् वर्षा

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १६, शुक्रबार ११:१३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- नेपालमा मनसुन भित्रिएको दुई महिना पूरा भएको छ । गत जेठ १५ गते नेपालमा मनसुन भित्रिएको हो ।

    यसपाली सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिए पनि देशभर त्यसअनुसार वर्षा हुन सकेको छैन । यद्यपि विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ । रसुवामा भने भारी वर्षा नै नभई गत असार २५ गते भीषण बाढी आउँदा ठूलो जनधनको क्षति भएको थियो । देशभर मनसुनपछि विपद्सहितका घटनामा ७२ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता भएका छन् ।

    यस वर्ष मनसुन सुरु भएयता विपद्जन्य घटनाबाट बागमती प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ । बागमती प्रदेशमा मात्रै विपद्जन्य घटनामा १६ जनाको मृत्यु भएको छ । सत्र जना बेपत्ता छन् । मनसुनजन्यसहित बागमती प्रदेशमा भएका विपद्जन्य २३१ घटनामा ६२ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता, उपसचिव शान्ति महतले जानकारी दिए ।

    उपसचिव महतका अनुसार कोशी र लुम्बिनी प्रदेशमा १३÷१३ जनाको मृत्यु भएको छ । यो दुई महिनाको अवधिमा कोशीमा ३०० र लुम्बिनीमा १६२ विपद्जन्य घटना भएका थिए । ती घटनामा परेर कोशीमा ५० र लुम्बिनीमा ४५ जना घाइते भएका छन् । मधेस प्रदेशमा १५८ घटनामा ६ जनाको मृत्यु, एक जना बेपत्ता र २० जना घाइते भएका थिए भने गण्डकी प्रदेशमा १०५ घटनामा १० जनाको मृत्यु र २६ जना घाइते भएका थिए ।

    उपसचिव महतका अनुसार कर्णाली प्रदेशमा १२८ घटनामा आठ जनाको मृत्यु, एक जना बेपत्ता र ४३ घाइते तथा सुदूरपश्चिम प्रदेशमा १६२ घटनामा ६ जनाको मृत्यु र ५७ जना घाइते भएका थिए । सातै प्रदेशमा मनसुनबाट दुई हजार ९३८ परिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ ।

    Post Views: 361
    • बागमती प्रदेश
    • विपद्‌
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.