काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट २ करोड ४६ लाख ५० हजार रुपैयाँ नाफा गरेको छ ।
बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले एनपीएलको आयब्यय सार्वजनिक गरेको हो ।
क्यानलाई एनपीएलबाट २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ नाफा भएको छ।
एनपीएलको कुल आम्दानी २७ करोड ६९ लाख रुपैयाँ रहेको छ भने कुल खर्च २० करोड १५ लाख रुपैयाँ भएको क्यानले जनाएको छ ।
आम्दानी र खर्चको अन्तर ७ करोड ५३ लाख रुपैयाँ रहेकोमा त्यसको ५० प्रतिशत अर्थात् ४ करोड ३७ लाख रुपैयाँ आठ फ्रेन्चाइज टिमलाई वितरण गरिएको छ।
शेयरिङपछि बाँकी ३ करोड १६ लाख रुपैयाँमध्ये ७० लाख प्रदेश क्रिकेट संघलाई दिएको थियोे ।






