• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबारे प्रकाशमान भन्छन्- पूर्वसहमति कार्यान्वयन गरेको भए यस्तो हुने नै थिएन

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १५, बिहीबार १४:०० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहले संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरु मिलेर बन्दा भएको ७ बुँदे सहमतिलाई कम आँक्न नहुने बताएका छन् । नेपाली कांग्रेस रामेछाप गुन्सी १ ले साउन १५ को खीर दिनको अवसर पारेर आयोजना गरेको कार्यक्रममा उपप्रधानमनत्री सिंहले यस्तो बताएका हुन् ।

    ‘७ बुँदे सहमतिलाई कम नआँकौं । राजनीतिक स्थिरता ल्याउनका लागि दुई ठुला दल कांग्रेस र एमालेले अरु दललाई पनि समेटेर वर्तमान सरकार बनेको छ ,’ उनले भने,‘ ६,७ महिनामा सरकार परिवर्तन भएको भयै थियो । नागरिकले सरकार त टिक्दैन भने सरकारले अरु के गर्छ ? भनेर प्रश्न गरिरहनुभएको थियो । अहिले सरकारले स्थिरता पाएको छ । राजनीतिक स्थिरताकै जगमा नागरिकको जीवन र जीवविका सहज बनाउन सरकारले काम गरिररहेको छ ।’

    त्यस्तै, उपप्रधानमन्त्री सिंहले बागमती प्रदेशमा संसदीय दलको नेता परिवर्तनको विषयमा बोल्दै पूर्वसहमति कार्यान्वयन नहुँदा बागमती प्रदेशको विषय बाहिर आएको बताए । ‘पार्टी सञ्चालन गर्दा साथीभाईबीच भएको सहमतिलाई त सबैले पालना गर्नुपर्छ नि । विश्वासको संकट भयो भने पार्टी राम्रोसँग अगाडि बढ्न सक्दैन । सहमति भएपछि सोही अनुसार अगाडि बढेको भए यसरी बाहिर आउँदैनथ्यो भन्ने कुरा सबैले बुझ्नुपर्यो,’ उपप्रधानमन्त्री सिंहले भने । उनले नेपाली कांग्रेस समावेशी संविधान कांग्रेसकै नेतृत्वमा जारी भएको भन्दै कुने पदमा पुगेपछि सोही अनुसारको आचारण सिक्नुपर्ने भन्दै बागमती प्रदेशको निर्णय कुनै जात विशेषलाई हेरेर नभएको पनि प्रष्ट पारे ।

    नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहिसक्नुभएका उपप्रधानमन्त्री सिंहले पार्टीलाई व्यवस्थित गरेर लैजानुपर्नेमा पनि जोड दिए । ०५६ सालदेखिनै पार्टीलाई विधिसम्मत र संस्थागत गरेर जानुपर्छ भनेर आफूले भन्दै आएको स्मरण गराउँदै उनले अहिलेको चुनौति सामना गर्नका लागि कांग्रेसलाई व्यवस्थित गर्नुपर्ने बताए । ‘उहाँले प्रधानमन्त्री र पार्टी सभापति बाहेक सबै भूमिकामा काम गरिसकेको भन्दै आफ्नो बाँकी जिवन पार्टीलाई बलियो बनाउनका लागि समर्पण गर्ने पनि सिंहले बताए ।

    कार्यक्रममा रामेछापका नेताहरुले पार्टीभित्र अराकजता बढेको भन्दै पार्टीलाई विधिसम्मत चलाउनका लागि केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

    Post Views: 329
    • नेपाली कांग्रेस
    • प्रकाशमान सिंह
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.