• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

बेलडाँडीमा अपाङ्गता भएका बालबालिकालाई घरमै शिक्षा

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १५, बिहीबार ११:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+
    दोधारा चाँदनी (कञ्चनपुर)- बेलडाँडी गाउँपालिका–२ का १० वर्षीय रितेश उपाध्याय कखरा जान्ने भएका छन् ।
    घरको आँगनबाट बाहिर आउन नसक्ने उनले पहिलो पटक घरमै अक्षर चिन्ने मौका पाए । जन्मजात हिँड्न र बोल्न नसक्ने रितेशलाई सात महिनादेखि घरमै पुगेर स्थानीय शिक्षिका लक्ष्मी औजीले दैनिक चार घण्टा पढाउँछन् । “सुरुमा मान्छे देख्ने बित्तिकै भाग्थ्यो अहिले मान्छे आए भने नमस्ते गर्छ, पढ्न र बोल्न सक्ने भएको छ”, उनले भने ।
    रितेश खेल्न रुचाउने भएकाले खेलका माध्यमबाट सिकाउँदै आएको बताउँदै पढाइ सँगसँगै समय समयमा उनको थेरापी समेत गर्दै आएको जानकारी दिए ।
    घरको आँगन कट्न नसक्ने लालझाँडी गाउँपालिका– ३ वल्मीका मयन्क राना अहिले घर नजिकैको पूर्णिमा आधारभुत विद्यालयमा भर्ना भएका छन् । उनलाई सात महिना घरमै अध्ययन गराएपछि विद्यालयमा भर्ना गरिएको हो । एक वर्षअघिसम्म उनका आमाबुबाले आफ्नो छोरा पनि पढ्न सक्ने र विद्यालय जान सक्ने कल्पना रेका थिएनन्। जब घरमै छोरालाई पढाउन थालियो त्यसपछि उनको आत्मबल बढेको छ ।
    दातृ निकायले शारीरिक अपाङ्गताको परीक्षणपश्चात् आवश्यक सहायता सामाग्री समेत प्रदान गरेपछि घरको कोठामा थुनिएका मयन्क विद्यालयको कोठामा पुगेका छन् । “मैले त छोरा यसरी विद्यालयमा भर्ना होला भन्ने कल्पना गरेकी थिएन ।” मयन्ककी आमा श्रीमतु रानाले भनिन्–“अहिले छोरा अलिअलि हिँड्छ, विद्यालयमा भर्ना भएको छ”, उनले छोराको खुट्टाको समस्याका कारण घरको कोठाका थुनिनु परेको जानकारी दिँदै भनिन् ।
    लालझाडी गाउँपालिकाकै ६ वर्षीय एलेक्स रानालाई पनि सात महिनादेखि घरमै शिक्षकले पढाउँदै आएका छन् । “घरको आँगन टेक्न नसक्ने एलेक्स अक्षर चिन्न थालेको छ ।” शिक्षिका ललिता साहुले भनिन्, “सात महिना त उसको घरमै गएर पढाएँ अहिले कहिले विद्यालय त कहिले घरमै गएर पढाउँदै आएकी छु ।”
    लालझाँडी गाउँपालिकास्थित भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक वेदप्रसाद उपाध्यायले हाल विद्यालयमा अपाङ्गता भएका विद्यार्थी लक्षित कक्षाकोठा व्यवस्थापन गरेर पठनपाठन भइरहेको जानकारी दिए । उनले विद्यालयमा अपाङ्गता भएका विद्यार्थी लक्ष्यित जनशक्ति र सिकाइ सामग्रीको अभाव भएको बताए ।
    जिल्लाको बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिकामा अपाङ्गता भएका नौ जना बालबालिकालाई घरमै शिक्षिका पठाएर पढाउने व्यवस्था मिलाइएको छ । युरोपेली सङ्घको आर्थिक सहयोग र सेभ द चिल्ड्रेनसँगको साझेदारीमा नेपाल राष्ट्रिय समाज कल्याण सङ्घले समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाअन्तर्गत अपाङ्गता भएका विद्यालय जान नसक्ने बालबालिकाको शिक्षामा पहुँचका लागि घरमै विद्यालय अवधारणाअन्तर्गत दैनिक चार घण्टा पढाउने व्यवस्था मिलाएको हो ।
    परियोजनाका प्रबन्धक विशन देव जोशीले गुणस्तरीय शिक्षामा समावेशी पहुँचलाई प्रोत्साहन गर्ने उद्देश्यले सुदूरपश्चिम र कर्णाली प्रदेशका छ वटा पालिकामा यो कार्यक्रम लागू भएको जानकारी दिए ।
    सरकारले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन, २०७४ र अपाङ्गता भएका व्यक्तिहरुका लागि समावेशी शिक्षा नीति, २०७३ मार्फत समावेशी शिक्षालाई प्रोत्साहन गरेको उनले बताए ।
    Post Views: 293
    • अपाङ्ग
    • शिक्षा
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.