• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

सरकारी जागिर हापेर नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १४, बुधबार १३:४८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    चितवन- उद्यमी, व्यवसायी तथा इमानदारीपूर्वक काम गर्नेका लागि नेपाल नेपाल उर्वरभूमि रहेको दृष्टान्त अनेकौँ भेटिन्छन् ।

    देशका सिर्जनशील एवं महत्वाकांक्षी युवाहरू पछिल्ला दिनमा जागिर खाने वा विदेशमा रमाउनेभन्दा स्वदेशमै विभिन्न पेसा व्यवसाय तथा उद्यमतर्फ आकर्षित भएको देखिन्छ ।

    हुँदाखाँदाको शिक्षक पेसासहित सरकारी जागिर छोडी तथा विदेशबाट फर्की आधुनिक तरिकाले सागसब्जीखेती गर्ने वा अन्य पेसामा रमाउँदै राम्रो आयआर्जन गर्नेहरू पनि अहिले त्यतिकै भेटिन्छन् । आआफ्नो गाउँठाउँमा यसरी राम्रो गरेको देखेर त्यसैको सिको गरी विभिन्न पेसा व्यवसायबाट लाभान्वित हुनेहरू पनि प्रसस्त देखिन्छन् ।

    यसै सन्दर्भमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत देशकै करिब मध्यभागमा अवस्थित चितवनको भरतपुरसहित आसपासका क्षेत्रमा गच्छेअनुसारको पेसा व्यवसाय गरी आमसर्वसाधारणका लागि प्रेरणाको स्रोत बन्न सफल अनेकौँ उदाहरणीय भेटिन्छन् ।

    विशेषगरी शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, उद्यागधन्दा, व्यापार व्यवसायमा लगानी गर्ने अधिकांश व्यक्ति आफ्नो आर्थिक तथा सामाजिक हैसियत उच्च बनाइ प्ररेणाको स्रोत बन्न सफल भएका छन् ।

    यसैमध्येको एक हुन् चितवन भरतपुरका प्राविधिक धारका युवा दिनेश पौडेल । भरतपुरस्थित सरकारी अस्पतालको पाँच वर्षको जागिरपछि पेसा बदलेका फार्मेसी विषयका स्नातक पौडेल यस क्षेत्रका युवाका लागि प्रेरणाका स्रोत भएको भनी भरतपुरवासी गर्व गर्दछन् ।

    भरतपुर महानगरपालिका–६ इन्द्रपुरीका पौडेल भरतपुरको चौबीसकोठीमा फार्मेसी पसल खोली औषधि व्यापारबाट मनग्गे आम्दानी गर्न सफल भएका छन् । औषधिको क्षेत्रमा अध्ययनसहित लामो समय काम गरेका पौडेल चिकित्सकबाट सिफारिस भईआएका औषधिको व्यवस्था गरी बिरामीलाई सक्दो सहयोग गर्ने काममा अहोरात्र खटिरहेका छन् ।

    विसं २०६५ मा प्रेमबस्ती माविबाट एसएलसी उत्तीर्ण भएका पौडेलले ‘स्कूल अफ हेल्थ साइन्स’ भरतपुरबाट ‘डिप्लोमा इन फार्मेसी’ उत्तीर्ण गरे । त्यसपछि ‘मेडिकल एण्ड टेक्निकल कलेज’बाट फार्मेसीमा स्नातक उत्तीर्ण गरे ।

    स्नातक गर्नुअघि नै विसं २०७२ देखि उहाँले भरतपुर अस्पतालको फार्मेसीमा जागिरेका रुपमा काम गरे । अस्पताल विकास समितिको मातहतमा पाँच वर्ष सेवा गरे । त्यसपछि जागिरबाट भन्दा आफैँले व्यवसाय गर्नुपर्छ भन्ने सोचेर उनले जागिर छाडे ।

    पाँच वर्षअघिदेखि भरतपुरको चौबीसकोठीमा साङ्घाई मेडिकल हल सञ्चालन गरेर पौडेलले व्यापार सुरु गर्नुभयो । योसँगै औषधिको होलसेल व्यापारका लागि फार्मेसी पनि सुरु गरे । पौडेलले भनिन् “जम्मा रु पाँच लाख लगानी गरेको मेडिकलमा अहिले रु एक करोडभन्दा बढी लगानी भइसकेको छ ।”

    फार्मेसीमा विज्ञता हासिल गरेकाले उहाँकोमा धेरै बिरामी औषधि किन्न आउँछन् । त्यसो त अरु फार्मेसीमा डाक्टरले लेखेको नबुझेपछि पुर्जा (प्रेस्क्रिप्सन) बोकेर बिरामी आफूकहाँ आउने गरेको उहाँ बताउँछन् ।

    पौडेलले भने, “नेपालका ७७ जिल्ला र भारतमा लेखिएका पुर्जा समेत बोकेर म कहाँ औषधि लिन आउँछन् ।” अन्यत्र नपाइने औषधि आफूकहाँ रहेकाले पनि बिहान सबेरैदेखि राति अबेरसम्म औषधि किन्नेको भीड लाग्ने गरेको उनले बताए । पौडेलले भने, “म कहाँ नेपालका जुनसुकै डाक्टरले लेखेको औषधि पाइन्छ, अपवादबाहेक कोही पनि रित्तो हात फर्कनुपर्दैन ।”

    औषधिको ‘होलसेल’ व्यापारमा पनि उनी सन्तुष्ट छन् । उनको औषधि पसलबाट १५ वटा नेपाली उद्योग र सात वटा भारतीय उद्योगको थोक व्यापार हुने गरेको छ । पौडेलले भने, “नेपालमा विशेषगरी प्राविधिक विषय पढेकाहरु विदेश जानुपर्दैन, लगानी र कामका लागि यही नेपालमा जस्तो सम्भावना अन्यत्र छैन, स्वदेशमै उद्यम गरी रोजगारीको वातावरा निर्माण गरौँ, यसैमा हामी सबैको कल्याण छ ।” रासस

    Post Views: 258
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.