• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

मुगुमा ७४ मेट्रिक टन सिमी बिक्री

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १३, मंगलवार १३:०१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    मुगु- गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लाबाट रु चार करोड बराबरको खाद्यबस्तु (चिनो, काउनो, रातो चामल, सिमी, तितेफापर, मिठेफापर, नाफल, जौँ ) अन्य जिल्लामा बिक्री भएको छ ।

    राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ मुगुका निमित्त कार्यालय प्रमुख तेज विक्रम मल्लका अनुसार गतआवमा जिल्लाका किसानले उत्पादन गरेका ती खाद्यबस्तु सो रकमबराबार जिल्ला बाहिर बिक्री भएको हो ।

    सो कार्यक्रमले जिल्लालाई सिमीजोनका रूपमा विकसित गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइएको छ । साथै कार्यक्रमले सिमी ढुवानीमा किसानलाई ५० प्रतिशत अनुदान दिन थालेको छ ।

    जिल्लाबाट ७४ मेट्रिक टन सिमी बिक्री भएको र सिमी ढुवानीमा किसानलाई राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयले रु चार लाख ९० हजार ढुवानी अनुदान दिएको थियो ।

    त्यसैगरी दुई सय ३० मेट्रिक टन अन्य परम्परागत बाली निर्यात भएको र यसमा चिनो, काउनो, कोदो, फापर अग्र्यानिक परम्परागत अन्न रहेको पनि कार्यालयले जनाएको छ । यी बालीको स्थानीय गाउँघरको मूल्य रु दुई करोड सात लाख हुन आउँछ ।

    निर्यात भएका परम्परागत अन्नमध्ये सिमीलाई मात्र ढुवानी अनुदान दिइएको थियो । चालु आवमा सिमी दुवानी अनुदानका लागि रु पाँच लाख र अन्य बाली ढुवानी अनुदानका लागि रु तीन लाख विनियोजन भएको कार्यक्रम कार्यान्वयन एकाइ प्रमुख मल्लले बताए । चालु आवमा ८० मेट्रिक टन सिमी जिल्लाबाट निर्यात गर्ने लक्ष्य लिइएको पनि कार्यालय प्रमुख मल्लले जानकारी गराए ।

    जिल्लाका किसानले परम्परागत अन्नबाली चिनो, काउनो, रातो चामल, सिमी, तितेफापर, मिठेफापर, नाफल, जौँ पर्याप्त मात्रामा उत्पादन हुने गर्दछ । बजारसम्म पुर्याउने यातायातका साधन नपाउदा, बजार थाहा नपाउँदा गाउँघरमै सस्तो मूल्यमा बिक्री गर्दै आएका छन् । सरकारले बजारीकरणको खोजी र दुवानी अनुदान बढाउन ध्यान दिने हो भने ग्रामीण आथिक विकासमा परम्परागत बालीले राम्रो स्थान लिने जनाइएको छ ।

    Post Views: 325
    • मुगु
    • सिमी
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.