• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

मलेसियामा गरे थाइल्याण्ड र कम्बोडियाले युद्धविराम

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १३, मंगलवार ०८:०५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    बैंकक- कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले थाइल्याण्डसँग जारी सीमा विवादमा युद्धविरामको घोषणा गरेका छन् ।

    उनले दुई देशबीचको तनाव कम गर्न तत्काल युद्ध रोक्ने आशा रहेको बताए । मलेसियाको राजधानी क्वालालम्पुरमा हिजो साँझ दुई देशबीच शान्ति वार्ता भएको हो ।

    बैठकमा थाइल्याण्डका तर्फबाट कार्यवाहक प्रधानमन्त्री फुम्थम वेचाचाइ र कम्बोडियाका तर्फबाट प्रधानमन्त्री हुन मानेत सहभागी थिए । यो बैठक मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमको अध्यक्षतामा भएको थियो ।

    दुई देशबीचको सीमा विवादका कारण केही दिनयता चर्को गोलीबारी भएको थियो, जसमा ३३ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश सर्वसाधारण रहेका छन् ।

    मलेसियाले हाल दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानको अध्यक्षता गरिरहेको छ। उनले दुवै देशलाई वार्ताको टेबुलमा बोलाएको हो ।

    उता, शनिबार स्कटल्याण्ड भ्रमणका क्रममा अमेरिकी राष्ट्रपतिले सामाजिक सञ्जालमा तीन दिनदेखि जारी सीमा विवादका बीच दुवै देशसँग प्रत्यक्ष कुराकानी गरेको र द्वन्द्व जारी रहे अमेरिकाले कुनै पनि व्यापार सम्झौता नगर्ने स्पष्ट लेखेका थिए । ट्रम्पले लेखेका छन, ‘दुवै पक्ष तत्काल युद्धविराम र शान्ति चाहन्छन्। मैले कम्बोडियाका प्रधानमन्त्री हुन मानेट र थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथम वेचाचाइसँग छुट्टाछुट्टै कुरा गरेको छु।’

    थाई प्रधानमन्त्री फुम्थमले अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिँदै थाइल्याण्ड युद्धविरामका लागि तयार रहेको तर कम्बोडियाले पनि यसका लागि गम्भीर हुनुपर्ने बताएका थिए ।

    दुई हजार वर्ष पुरानो शिव मन्दिरलाई लिएर थाइल्याण्ड र कम्बोडियाबीच सुरु भएको द्वन्द्व अझै जारी छ । यस द्वन्द्वमा हालसम्म ३३ जनाको मृत्यु भइसकेको छ ।

    कम्बोडियाको रक्षा मन्त्रालयका अनुसार यस लडाइमा १३ जनाको मृत्यु भएको छ, जसमा ८ जना सर्वसाधारण र ५ सैनिक रहेका छन् । यसबाहेक ७१ जना घाइते भएका छन् ।

    योसँगै थाइल्याण्डका २० जनाको पनि मृत्यु भएको थियो,जसमा १४ जना सर्वसाधारण र ६ सैनिक रहेका छन् ।

    यो युद्धविराममा चीन र अमेरिकाले मध्यस्थता गरेका छन् ।

    Post Views: 314
    • कम्बोडिया
    • थाइल्याण्ड
    • युद्धविराम
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.