• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

पोखरामा भेटिएका हायु परिवारले प्रहरीसँग भने- लेबर काम खोज्न आएका हौं

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १२, सोमबार २२:०२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमा‍डौँ- सिन्धुलीबाट बेपत्ता भएका एकै परिवारका १६ जना पोखरा भेटिएका छन् । उनीहरू पोखरा महनगरपालकिा ३० का २ वटा घरमा रहेका छन् । एक घरमा १२ र अर्कोमा ४ जना रहेको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।

    प्रहरी अधिकृतहरू सम्बन्धित ठाउँमा पुग्दै गरेकाले सिन्धुलीको नाम र त्यहाँ भएका माानिसको नाम रुजु गर्दै गरेको जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले जानकारी दिए ।

    उनीहरूले लेबर काम खोज्दै पोखरा आएको प्रहरीसँग बताएका छन् ।

    ’हामी लेबर काम गर्ने हो, यतातिर काम गर्छौँ भनेर काम खोज्न आएको भन्दै छिरेका रहेछन्,’ कास्कीका प्रहरी प्रमुख (एसपी) श्यामबाबु ओलियाले भने ।

    सबै जनालाई अहिले इलाका प्रहरी कार्यालयमा ल्याउने काम भइरहेको छ ।

    सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएका एकै परिवारका १६ जना बेपत्ता भएपछि अहिले प्रहरीले खोजतलास सुरु गरेको थियो । घर छाडेर बेपत्ता हुनेमा उर्मिला हायुसहित उनका ६ जना छोरा, ६ जना छोरी, १ जना बुहारी, १ जना नातिनी र १ जना ज्वाइँसमेत रहेका छन् ।

    यी हुन् हायू परिवारका १५ जना

    १. उर्मिला हायु, ५२ वर्ष (आमा)

    २. कमला हायु, २७ वर्ष (जेठी छोरी)

    ३. कोमल माया हायु, २३ वर्ष (माइली बुहारी)

    ४. उषा हायु, १९ वर्ष (छोरी)

    ५. अस्मिता हायु, १८ वर्ष (छोरी)

    ६. राजु हायु, २९ वर्ष (जेठो छोरो)

    ७. हिमाल हायु, २४ वर्ष (माइलो छोरो)

    ८. लाल बहादुर हायु, १६ वर्ष (साँइलो छोरो)

    ९. वेग बहादुर हायु, १४ वर्ष (छोरो)

    १०. लक्ष्मण हायु, ११ वर्ष (छोरा)

    ११. सुवर्ण हायु, १२ वर्ष (छोरा)

    १२. ओम कुमारी हायु, १० वर्ष (छोरी)

    १३. अर्जुन हायु

    १४. रियासा हायु,

    १५. शान्ता हायु, १५ वर्ष (छोरी)

    Post Views: 391
    • पोखरा
    • हायु परिवार
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.