• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

नेपाल हट्यो गरिबीको सूचीबाट, विश्व बैंकले बढायो नेपाललाई दिने ऋणको व्याज

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १२, सोमबार २१:०५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौँ– नेपालको प्रतिव्यक्ति आम्दानी वृद्धि भएकाले विश्व बैंकले नेपाललाई दिँदै आएको ऋणको ब्याजदर पनि वृद्धि गरेको छ ।

    अर्थ मन्त्रालय र नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)द्वारा आज यहाँ आयोजित वैदेशिक सहायता परिचालन प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले यही जुलाईदेखि लागू हुने गरी नेपालले हालसम्म विश्व बैंकसँग लिँदै आएका विकास सहायतामा ०.७५ प्रतिशत ब्याजदर वृद्धि गरी १.५ प्रतिशत पु¥याएको जानकारी दिए ।

    नेपाल गरिब राष्ट्रहरूको सूचीबाट स्तरोन्नति भएकाले ऋणको ब्याजदर स्वाभाविक रुपमा वृद्धि भएको जनाउँदै उनले भने, “विश्व बैंकले यही जुलाईदेखि व्याजदर बढाएको छ । त्यो चाहीँ हामीले ४० वर्षभित्र तिर्ने गरी लिने गरेका थियौँ । अहिले म्याच्युरिटी अवधि ४० र ३८ वर्षे भएकामा अब ३० वर्ष बनाइएको छ ।”

    वैदेशिक सहायता लिने र दिने दुवै पक्षमा सहमति नभई कार्यान्वयन नहुने भएकाले यसमा नेपालले प्राथमिकताका आधारमा वैदेशिक सहायता पाउन नसक्ने बताउँदै महाशाखा प्रमुख शर्माले नेपालको विकास सहायतामा उनीहरुको ८० प्रतिशत योगदान रहेको जानकारी दिए ।

    हालै विश्व बैंक र एसियाली विकास बैंकले ल्याएका देशीय साझेदार रणनीतिसँग सामञ्जस्यता मिलाउने गरी विकास सहायतालाई अघि बढाउने महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार नेपालले लिने सबै विकास सहायताअन्तर्गतका परियोजनाको गुणस्तर र प्रतिफलको मूल्याङ्कन दातृ निकायले गर्ने भएकाले माग अनुसारका परियोजना छनोट हुन नसक्ने अवस्था आएको छ ।

    Post Views: 340
    • ऋण
    • गरिबी
    • नेपाल
    • विश्व बैंक
    • व्याज
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.