• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

परिवार व्यवस्थापन, यौन तथा प्रजनन स्वास्थ्यमा लगानी बढाउन माग

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १२, सोमबार १०:३८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    गण्डकी- नेपाल परिवार नियोजन सङ्घले परिवार व्यवस्थापन एवं यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा लगानी बढाउन गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ । यस क्षेत्रमा गरिएको लगानीले किशोरकिशोरी तथा महिला स्वास्थ्यमा उल्लेखनीय सुधार आउने जनाउँदै सङ्घले प्रदेश सरकारलाई सो आग्रह गरेको हो ।

    सङ्घद्वारा यहाँ आयोजित ‘गण्डकी प्रदेशमा परिवार नियोजन एवं यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको अवस्था’ विषयक पैरवी कार्यक्रमका सहभागिहरुले सो आग्रह गर्दै प्रदेशका प्रजनन उमेर समूहका सबै व्यक्तिमा गुणस्तरीय परिवार नियोजन सेवाको पहुँच सुनिश्चिता गराउनुपर्नेमा जोड दिए ।

    स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले कार्यक्रमको शुभारम्भ गर्दै प्रदेशका प्रजनन उमेर समूहका सबै व्यक्तिमा गुणस्तरीय परिवार नियोजन सेवाको सुनिश्चिता गराउने जानकारी दिँदै प्रदेशमा यस सेवाका लागि आवश्यक बजेट विनियोजनसमेत गरिने बताए ।

    उनले भने, “प्रदेश सरकारले सबै जनतामा गुणस्तरीय स्वास्थ्यको पहुँच अभिवृद्धि गर्न उच्च प्राथमिता एवं लगानी गरेको छ । यसक्रममा परिवार व्यवस्थापन एवं यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा लगानी वृद्धि गरिने छ ।”

    मन्त्री पाठकले गण्डकी प्रदेशमा परिवार व्यवस्थापन एवं यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि नेपाल परिवार नियोजन सङ्घले गरिरहेको सेवाको प्रशंसा गर्नुहुँदै अगामी दिनमा सेवा जारी राख्न सङ्घलाई आग्रह गरे । उनले यसका प्रदेश सरकारले सङ्घलाई सहयोग गर्ने जानकारी दिए ।

    कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास तथा कृषि समितिका सभापति दमयन्ती रुचाल, राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङ, प्रदेशसभा सदस्यहरु सरस्वती गुरुङ, प्रकाश बराल, देवका पहारी, गणेशमान गुरुङ र नन्दकला नेपालीले यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारेमा प्रतिबद्धता जनाउँदै परिवार नियोजनको आधुनिक साधनको मागलाई पूरा गर्न ध्यान दिन आग्रह गरे । उनीहरुले यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी नीति तर्जुमा र बजेट विनियोजन गर्न समेत सहयोग गर्ने बताए ।

    यसैगरी प्रदेश नीति तथा योजनाका सदस्य दुर्गा अधिकारी र स्वास्थ्यकर्मी विद्या कोइरालाले यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई कार्यान्वयनमा लैजान मिलेर काम गर्नुपर्छ भने । कार्यक्रममा स्वास्थ्य निर्देशक खिमबहादुर खड्काले गण्डकी प्रदेशमा स्वास्थ्य तथा परिवार योजना, प्रजनन स्वास्थ्य अधिकार अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै गण्डकी प्रदेशमा लैङ्गिक असमानता दर बढेको बताए । उनका अनुसार ४५ हजार छोरा जन्मिएकामा ३९ हजार मात्र छोरी छन् ।

    नेपाल परिवार नियोजन सङ्घका अनुगमन मूल्याङ्कन निर्देशक चेतराज जोशीले परिवार योजनामा लगानी गर्दाका फाइदा एवं विपद्का समयमा परिवार व्यवस्थापन तथा प्रजनन स्वास्थ्य सेवाका आवश्यकताका बारेमा कार्यपत्र प्रस्तुत गरेको थियो ।

    सोही कार्यक्रममा मन्त्री स्वास्थ्यमन्त्री पाठकले गण्डकी प्रदेशका प्रजनन उमेर समूहका सबै व्यक्तिमा गुणस्तरीय परिवार नियोजन सेवाको सुनिश्चिता गराउने एवं प्रदेशमा यस सेवाका लागि आवश्यक बजेट विनियोजन गर्नका लागि लिखित प्रतिबद्धता जनाएका थिए ।

    अन्तराष्ट्रिय परिवार नियोजन महासङ्घको आर्थिक सहयोगमा सम्पन्न सो कार्यक्रममा नेपाल परिवार नियोजन सङ्घ कास्की शाखाका सभापति नवीन सिग्देलले सङ्घले गरिरहेका कामका बारेमा जानकारी दिँदैदै परिवार व्यवस्थापन एवं यौन तथा प्रजनन स्वास्थ्यका बारेमा ग्रामीणस्तरमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।

    कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेल, मादी गाउँपालिकाका अध्यक्ष देवीजङग गुरुङ, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख लोकनाथ आचार्य, पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना लगायतले परिवार व्यवस्थापन तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको महत्व र लगानी बढाउन पैरवी आवश्यता रहेका बताए । रासस

    Post Views: 251
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.