• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

बेथानचोकले व्यवसायिक किसानलाई ऋणको ब्याजमा पाँच प्रतिशत अनुदान दिने

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १२, सोमबार १०:३५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काभ्रेपलाञ्चोक- यहाँको बेथानचोक गाउँपालिकाले व्यवसायिक किसानलाई ऋणको ब्याजमा पाँच प्रतिशत अनुदान दिने भएको छ ।

    स्थानीय किसानले संस्थागत रुपमा चालु आर्थिक वर्षदेखिनै व्यवसाय गर्न यस योजनाका लागि दिइएको आवेदन गाउँपालिकाद्वारा स्वीकृतसमेत भएको छ । व्यासायिक किसानलाई उद्यामशीलता ब्याजमा अनुदान प्रदान गर्ने उद्देश्यले गाउँपालिकाले २४ कृषि फर्मले छनोट गरेको जनाएको छ ।

    यसका लागि गाउँपालिकाले कृषि व्यवसाय सञ्चालनार्थ किसानलाई ब्याजमा अनुदान प्रदान गर्न जिल्लास्थित बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थासँग सम्झौता गरेको हो ।

    कार्यालयले हाल छनोट भएका कृषि फर्मका पदाधिकारीलाई गाउँपालिकाको योजना तथा किसानले गर्न चाहेको उद्यमबारे छलफल र तालिम सञ्चालन गरेको छ ।

    गाउँपालिकाले चालु आर्थिक वर्षदेखि स्थानीयलाई उद्यमशीलता विकास गरी व्यावसायिक बनाउन न्यूनतम छ महिनादेखि अधिकतम पाँच वर्ष अवधिको लागि प्रतिघरपरिवार अधिकतम रु २० लाख ऋण रकममा सहुलियत ब्याज अनुदान ऋण प्रदान गर्ने तथा सहकारीले सहुलियत ब्याज अनुदान ऋण लगानी गर्ने, उक्त कार्यक्रमका लागि गाउँपालिकाले पाँच प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने र व्यवसाय गर्ने व्यक्ति संस्था तथा परिवारले जम्मा ४ प्रतिशत मात्रै ब्याज तिर्नुपर्ने छ ।

    स्थानीय कृषि उद्यमीलाई व्यावसायिक कर्जा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी कार्यविधि–२०८० अनुरुप यस कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । बाढीपहिरोको विपद्पछि खण्डहर जमिनलाई उर्वरा एवं व्यावसायिक बनाउन गाउँपालिकाले नीति तथा कार्यक्रममा समावेश युवा तथा किसानलाई व्यावसायिक बनाउने अभियानको प्रारम्भ यही कार्यक्रमाबाट सुरआत गरेको जनाएको छ ।

    यहाँका अधिकांश नागरिक कृषिमा आवद्ध भएकाले गाउँपालिकालाई कृषिको क्षेत्रमा आत्मनिर्भर स्थानीय तहका रुपमा चिनाउन खोजिएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताए । यस कार्यक्रमले स्थानीय किसानलाई उद्यमशीलता एवं व्यावसायिक किसान बनाउन मद्दत गर्ने विश्वास लिइएको छ ।

    यस्तै गाउँपालिकाद्वारा काभ्रेपलाञ्चोककै नमूना कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारप्रतिको आर्कषण कम गर्न तथा वैदेशिक रोजगारबाट फर्किएका युवालाई लक्षित गरी ब्याजमा अनुदान कार्यक्रम सुरु गरिएको जनाइएको छ । २१ देखि ४५ वर्षसम्म उमेर समूहका नागरिकलाई उद्यमी बनाउन व्यावसायिक कर्जामा ब्याज अनुदान उपलब्ध गराउन स्वीकृत कार्यविधि अनुसार गाउँपालिकाले सहुलियत कर्जा प्रवाहमा सहकार्य गर्न वित्तीय संस्था छनोट गरेको थियो ।

    नेपाल सरकारबाट मान्यता प्राप्त कृषि व्यवसाय, मसला बाली बीउबिजन उत्पादन प्रशोधन भण्डारणका लागि दुई वर्ष अवधिको सहुलियत कर्जा उपलब्ध हुने जनाइएको छ । यस्तै तरकारी उत्पादन प्रशोधन तथा भण्डारण, बीउबिजन उत्पादन तथा भण्डारण, पुष्प व्यवसाय, फलफूल उत्पादन–प्रशोधन र भण्डारण, दुग्ध उत्पादन प्रशोधन बिक्री वितरण, पशुबधशाला एवं मासुजन्य उत्पादन व्यवस्था, जडीबुटी उत्पादन प्रशोधन र भण्डारण, उखु, कोदो, मकै, अलैँची, अकबरे, अदुवा, चियाखेतीको प्रशोधन भण्डारण र बिक्री वितरण, मौरीपालन, जौ, फापर, सिलाम, सिमी, आलु, कागती, स्याउ, उत्पादन भण्डारण तथा बिक्री वितरण, तरकारीबाली उत्पादन प्रशोधन भण्डारण तथा कृषि उत्पादन तथा सङ्कलन तथा बिक्री वितरणका लागि एक वर्षसम्मको सहुलियत कर्जामा अनुदान उपलब्ध गराइने जनाइएको छ । रासस

    Post Views: 202
    • ऋण
    • बेथानचोक
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.