काठमाडौं– राजनीतिबाट टाढिएर कृषि गरिरहेका सिन्धुपाल्चोकका राजकुमार श्रेष्ठ ‘अजित’ पुनः नेकपा (माओवादी केन्द्र) मा सक्रिय हुने भएका छन् ।
संविधानसभा सदस्य समेत रहेका उनी माओवादी केन्द्रमै रहेपनि नेकपा विभाजनपछि सक्रिय राजनीतिबाट टाढा रहेका थिए । राजनीतिबाट टाढिएका उनी दोलखामा कृषि गरेर बसेका थिए ।

उनलाई अध्यक्ष प्रचण्डले पुनः सक्रिय भएकोमा पार्टीमा स्वागत गरे ।

उनलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिने तयारी रहेको छ ।





