• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

‘लम्पी स्किन’ले कोशीमा १८ हजारभन्दा बढी गाईभैँसी सङ्क्रमित

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १०, शनिबार १२:४१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    झापा- गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका १० जिल्लामा यस वर्ष १८ हजारभन्दा बढी गाईभैँसी सङ्क्रमित भएका छन् । तीमध्ये ४२० मरिसकेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ ।

    निर्देशनालयका सूचना अधिकारी तथा पशु चिकित्सक विनोदकुमार साहका अनुसार झापा, इलाम, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, ताप्लेजुङ, पाँचथर, भोजपुर र खोटाङमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण तीव्र रुपमा फैलिएको छ ।

    सबैभन्दा बढी झापामा १३ हजार ११८ वटा गाईभैँसीमा ‘लम्पी स्किन’ सङ्क्रमण भएको छ । मोरङमा एक हजार ९५८, इलाममा एक हजार ६६५, सुनसरीमा एक हजार १००, उदयपुरमा ५०१, खोटाङमा ३५५, भोजपुरमा ७३, ताप्लेजुङमा ४५, धनकुटामा ३३ र सबैभन्दा कम पाँचथरमा १० वटा पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको उनले जानकारी दिए ।

    यो रोगबाट दश जिल्लाका १८ हजार ७४५ गाईगोरु र १७६ वटा भैँसीराँगामा रोगको सङ्क्रमण देखिएको छ । रोग नियन्त्रणका लागि प्रभावित जिल्लाका दुई लाख ९३ हजार २२३ गाईगोरु र राँगाभैँसीमा ‘लम्पी स्किन’ विरुद्धको निःशुल्क खोप लगाइएको पशु चिकित्सक साहले बताए ।

    उनले गर्मी बढेसँगै ‘लम्पी स्किन’ रोगको सङ्क्रमण फैलिरहेको बताए । “यो रोग लामखुट्टे, भुसुना, झिँगा, किर्ना आदिको टोकाइबाट फैलिन्छ,” उनले भने, “रोग नियन्त्रणका लागि पालिकामार्फत किसानका प्रत्येक गोठसम्म पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरिरहेका छौँ ।”

    यो रोग लागेका गाईगोरुमा उच्च ज्वरो आउने, शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीमा घाउ भएर पिप र रगत बग्ने गर्दछ । यसबाट सङ्क्रमित पशु अन्त्यमा मर्ने गरेका छन् । रासस

     

    Post Views: 193
    • गाईभैँसी
    • लम्पी स्किन
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.