• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

बेलायतलाई ‘प्यालेस्टाइन एक्सन’ माथिको प्रतिबन्ध पुनर्विचार गर्न संयुक्त राष्ट्रसंघको आग्रह

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १०, शनिबार १०:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जेनेभा- संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुखले बेलायत सरकारलाई ‘प्यालेस्टाइन एक्सन’ नामक अभियान समूहमाथि लगाइएको प्रतिबन्ध फिर्ता लिन अनुरोध गरेका छन् । उनले उक्त निर्णय अत्यधिक र अनावश्यक देखिएको टिप्पणी गरेका छन् ।

    बेलायतले आतंकवादसम्बन्धी सन् २००० को ऐन अन्तर्गत सो समूहमाथि प्रतिबन्ध लगाएको हो । प्रतिबन्ध लगाउने निर्णय त्यसपछि आएको हो, जब सो समूहका केही सदस्यहरूले दक्षिण इंग्ल्यान्डस्थित एक वायुसेना आधार शिविरमा प्रवेश गरी दुई विमानमा रातो रङ छ्यापेका थिए, जसबाट अनुमानित ९५ लाख अमुरिकी डलर बराबरको क्षति भएको बताइएको छ ।

    मानव अधिकार प्रमुख भोल्कर टर्कले जारी गरेको वक्तव्यमा भनिएको छ,“यस किसिमको कानुनी कदमले आतंकवादविरुद्धको कानुन त्यस्ता गतिविधिमा प्रयोग गरिएको देखिन्छ, जुन वास्तविक रूपमा आतंककारी मानिँदैनन् । यसले बेलायतमा अभिव्यक्ति स्वतन्त्रता तथा शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकारमा असर गर्न सक्छ ।”

    उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार आतंकवादी कार्य भन्नाले ज्यान जाने, गम्भीर चोटपटक पुर्‍याउने वा बन्धक बनाउने किसिमका आपराधिक गतिविधिहरूलाई मात्र बुझिनुपर्ने स्पष्ट पारे ।

    यो प्रतिबन्धपछि अब सो समूहको सदस्य हुनु, समर्थन गर्नु वा समर्थन गरेको भान पार्ने किसिमको लुगा लगाउनु पनि कानुनविपरीत हुने बताइएको छ । यस्ता कार्यमा संलग्न पाइएमा व्यक्तिलाई अधिकतम १४ वर्षसम्मको जेल सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।

    संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका अनुसार प्रतिबन्ध लागू भएयता बेलायतमा शान्तिपूर्ण प्रदर्शनका क्रममा २०० भन्दा बढी व्यक्तिहरू पक्राउ परेका छन् । प्यालेस्टाइन एक्सन समूहले पनि उक्त प्रतिबन्धलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भन्दै विरोध जनाएको छ । (एएफपी)

    Post Views: 174
    • प्यालेस्टाइन
    • बेलायत
    • संयुक्त राष्ट्रसंघ
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.