• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

अन्तरिक्ष स्टेशनतर्फ अमेरिका, जापान र रुसी अन्तरिक्ष यात्रीको संयुक्त यात्रा

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण ९, शुक्रबार २३:३१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    लस एन्जलस- अमेरिकी अन्तरिक्ष संस्था नासा र निजी कम्पनी स्पेसएक्सले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) तर्फको आगामी ‘मानवयुक्त मिसन’ सन् २०२५ जुलाई ३१ मा प्रक्षेपण गर्ने तयारी गरेका छन् ।

    नासाले बिहीबार दिएको जानकारीअनुसार, यो मिसन फ्लोरिडास्थित नासाको केनेडी अन्तरिक्ष केन्द्रबाट अमेरिकी पूर्वी समय अनुसार दिउँसो १२ः०९ बजे प्रक्षेपण गरिनेछ ।

    अन्तरिक्ष यानले शनिबार, अगस्ट २ तारिखको बिहान करिब ३ बजे आईएसएसमा डक गर्ने अपेक्षा गरिएको छ ।

    “क्रू–११“ नाम दिइएको यस मिसनमा नासाका अन्तरिक्ष यात्री जिना कार्डम्यान र माइक फिन्के, जापानको एयरोस्पेस अनुसन्धान संस्थान (जेएएकसए) का किमिया युई तथा रसियाको रोस्कोसमोस अन्तरिक्ष संस्थाका ओलेग प्लातोनोभ सहभागी हुनेछन् ।

    यो मिशन नासाको ‘कमर्शियल क्रू कार्यक्रम’ अन्तर्गत स्पेसएक्ससँगको सहकार्यमा सञ्चालन हुन लागेको ११औं मानवयुक्त अभियान हो ।

    कमर्शियल क्रू कार्यक्रम संयुक्त राज्य अमेरिका स्थित अन्तरिक्ष संस्था नासाले सुरु गरेको एक विशेष पहल हो, जसको उद्देश्य निजी क्षेत्रसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) सम्म मानवसहितको यात्रा सुरक्षित, भरपर्दो र लागत–प्रभावी तरिकाले सम्पन्न गर्नु हो ।

    यस कार्यक्रम अन्तर्गत नासाले स्पेसएक्स र बोइङ जस्ता निजी कम्पनीहरूलाई आफ्नो अन्तरिक्ष यान विकास गर्न प्रोत्साहन दिएको छ, जसबाट सरकारी मात्र नभई व्यावसायिक साझेदारमार्फत पनि अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा पठाउने सुविधा सुनिश्चित गरिएको छ ।

    यसले अमेरिका भित्रैबाट अन्तरिक्ष यात्राको स्वदेशी क्षमतामा वृद्धि गर्दै आएको छ, साथै अन्तरिक्ष अन्वेषणलाई दिगो र प्रतिस्पर्धी बनाउने दिशामा ठोस कदम हो । (सिन्हा)

    Post Views: 208
    • अन्तरिक्ष
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.