काठमाडौं बागमती प्रदेशमा नेपाली कांग्रेसका चार जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।
शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, पर्यटन मन्त्री विमल ठकुरी र सहकारी मन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन्।
कांग्रेसका चार जना मन्त्रीले राजीनामा दिएको युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले पुष्टि गरे ।
बागमतीका मुख्यमन्त्री बहादुर सिं लामालाई पदबाट राजीनामा दिन सभापति शेरबहादुर देउवाले केही समयदेखि नै आग्रह थिए । तर उनले मानेका छैनन् ।
कांग्रेसले बागमतीमा ईन्द्रबहादुर बानियाँको नेतृत्वमा नयाँ सरकार बनाउन खोजेको छ ।





