• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

मल लिन पाल्हीनन्दनका किसान रातिदेखि लाइनमा

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण १०, शनिबार ०९:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी- बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका किसान मल लिनका लागि रातिदेखि नै लाइन बसेका छन् । रासायनिक मल लिनका लागि रातिदेखि नै किसानहरू सहकारी र वडा कार्यालय अगडि लाइनमा बसेका हुन् ।

    पाल्हीनदन गाउँपालिका-४ का रामानन्दन हरिजनले भने, “रोपाइँ सकिएको दुई महिना भयो, मलको अभाव भएर अहिलेसम्म पाएका छैनौँ । सरकारले उपलब्ध गराउने मल पाउने आशामा रातिदेखि लाइनमा बसेका छौँ ।” खेतमा रासायनिक मल प्रयोग नगरेमा धान उत्पादन घट्नेमा उनले चिन्ता व्यक्त गरे ।

    हरिजनले भने, “मल लिनका लागि ४ नं वडा कार्यालयको अगाडि रातिदेखि लाइनमा बसेपछि प्रतिकिसान २५ किलो युरिया मल पाएका हौँ । मलको अभाव देखेर खेती गरौँ की नगरौँ भन्ने दोधारमा छौँ ।”

    पाल्हीनन्दनको हरपुरमा बिहीबार ३ बजे रातिदेखि युरिया मल लिन सहकारीको अगाडि किसान लाइनमा बसेका रवीन्द्र हरिजनले बताए । लामो समयदेखि वर्षा नहुँदा अत्यधिक गर्मी बढेसँगै जमिन सुकेर खडेरी लागेको बताउँदै उहाँले धान सुक्न थालेको उल्लेख गरे ।

    मलको अभाव रहेकाले सबै किसानलाई वितरण गर्ने उद्देश्यले लाइनमा व्यवस्थित गराएर प्रतिकिसान २५ किलोका दरले युरिया वितरण गरिएको पाल्हीनन्दन-४ का वडाध्यक्ष रवीन्द्र सहानीले जानकारी दिए ।

    आवश्यकता अनुसार मल नपाएको किसानले गुनासो गरिरहेकाले वितरणको पहल थालिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए । मलको कोटा बढाउन आवश्यक रहेको बताउँदै उनले यसका लागि सरोकार भएका निकायसँग समन्वय गरी अगाडि बढ्ने उल्लेख गरे । रासस

    Post Views: 166
    • किसान
    • मल
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.