• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

फत्तेपुरमा हरियोपात कुहाएर प्राङ्गारिक मल उत्पादन गरिँदै

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण ९, शुक्रबार १३:२६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    राजविराज (सप्तरी)- दैनिक रूपमा खेर गइरहेको विभिन्न रुखबिरुवाका पात सङ्कलन गरी प्राङ्गारिक मल उत्पादनमा प्रयोग गर्न थालिएको छ । जिल्लाको सप्तकोसी नगरपालिका-१ स्थित फत्तेपुरमा रुखबाट झरेर सुकेका पात र वनका पोथ्रा रुखको हरियोपात कुहाएर प्राङ्गारिक मल उत्पादन गर्न थालिएको हो ।

    रक्तमाला नमूना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष इन्द्रप्रसाद लुइँटेलले उत्पादित मल किसानलाई निःशुल्क वितरण गर्ने योजना रहेको बताए । उनले वनमा खेर जाने पातपतिङ्गर जम्मा गरी मल उत्पादन गर्ने, विभिन्न जडीबुटीको बोट रोप्ने, पार्कलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि अनुसन्धान केन्द्रका रूपमा विकास गरी वन संरक्षण, स्वच्छ वातावरण र आयआर्जनसँग जोड्ने उद्देश्यले काम भइरहेको जानकारी दिए ।

    जिल्ला वन र सामुदायिक वनको सहकार्यमा जडीबुटी तथा फलफूलका बिरुवा रोप्ने, विभिन्न प्रजातिका बिरुवा उत्पादन र वितरण, कम्पोस्ट मल उत्पादनलगायत काम भइरहेको अध्यक्ष लुइँटेलले बताए । सप्तकोसी-१ स्थित फत्तेपुरमा रक्तमाला नमूना सामुदायिक वन उपभोक्ता समिति र जिल्ला वन कार्यालयको संयुक्त रूपमा साझेदारी गरी जैविक तथा सहिद पार्क निर्माणस्थल बनाइएको उनले जानकारी दिए ।

    वन संरक्षण तथा पर्यावरण सुरक्षासम्बन्धी जानकारी दिँदै अध्यक्ष लुइँटेलले भने, “नमूनाका लागि यस पटकमा १० हजार किलो सुकेको र १० हजार किलो हरियोपात मिलाएर २० हजार किलो प्राङ्गारिक मल उत्पादन गर्ने योजना छ । जैविक तथा हरित पार्कबाट वार्षिक रु २२ लाख आम्दानी लिने लक्ष्य राखेर काम गरिरहेका छौँ ।” उहाँका अनुसार यस ठाउँमा ३४७ दशमलव पाँच हेक्टर क्षेत्रफलमा पार्क निर्माण, ट्रिहाउस निर्माण, पोखरी निर्माण, गोल घर निर्माण, बाटो निर्माण, वृक्षरोपणलगायत कार्य गरिएको छ ।

    जिल्ला वन कार्यालयले मातहतका सब डिभिजन कार्यालयमा नर्सरी लगाएर लाखाँंै बिरुवा उत्पादन गरी समुदायस्तरमा वितरण गर्दै आएको जिल्लास्थित डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत सुभाषचन्द्र दासले बताए । उहाँका अनुसार खैर, अमला, लताम, सिसौ, अर्जुन, टिक मसला, मलेसियन सखुवा, तेजपत्ता, आँप, लिची, मोरिङ्गालगायत विभिन्न प्रजातिका बिरुवा उत्पादन भइरहेका छन् ।

    सप्तरीमा कूल २१ हजार एक सय ३६ हेक्टर वनक्षेत्र रहेकामा एक सय ३७ सामुदायिक वन र छ वटा सब डिभिजन वन कार्यालय रहेका जनाउँदै दासले सबै सरोकार भएका निकायसँगको सहकार्य र समन्वयमा वन संरक्षणका लागि योजनाबद्ध काम गर्न थालिएको बताए ।

    डिभिजनल वन अधिकृत दासका अनुसार जिल्लामा जल क्षेत्र तीन हजार १४३ दशमलव ९२, वन क्षेत्र २१ हजार १३६, घाँसे मैदान एक हजार ४९३ दशमलव ३६, सिमसार तीन हजार ९८१ दशमलव ८७, कृषि क्षेत्र ६७ हजार ६७५ दशमलव ६१, बुट्यान क्षेत्र १२ हजार ६३५ दशमलव ८६, बस्ती क्षेत्र १२ हजार ७६६ दशमलव एक र बाँझो क्षेत्र पाँच हजार २६७ दशमलव ३८ रहेका छन् ।

    जिल्लामा पाइने मुख्य काष्ठजन्य प्रजाति साल, अस्ना, सिसौँ, खयर, सिमल, हर्राे, बर्राे, जामुन हुन् भने लघु वन पैदावारमा च्याउ, निउरो, वेत, बोजो, भ्याकुर, दतिवन, अम्रिसो, राजवृक्ष, सिन्दुरे, थाकल, कुटमिरा, सिमसाग, लुँडे, बयर, अमला, कुरिलो, बाँसलष्गायत रहेका उनले जानकारी दिए । रासस

    Post Views: 206
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.