• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

रौतहटमा करेन्ट लागेर मृत्यु हुनेको संख्या बढ्‌दै, एक वर्षमा गयो २७ जनाको ज्यान

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण ९, शुक्रबार ११:४१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    रौतहत- रौतहट जिल्लामा करेन्ट लागी मृत्यु हुनेको संख्या बढ्दै गएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतह‍टले आम नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

    प्रहरीका अनुसार गत साउन देखी हिजो हालसम्म जिल्लामा करेन्ट लागेर २७  जनाको ज्यान गएको छ । गत आर्थिक वर्षमा २३ जनाको ज्यान गएको थियो भने चालु आर्थिक वर्षको सुरूवातसँगै हालसम्म करेन्ट लागेर ४ जनाले ज्यान गुमाइ सकेका छन्।

    घटनाको गम्भीरतालाई मध्यनजर गर्दै प्रहरी कार्यालयले विभिन्न सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरेको छ। जिल्ला कार्यालयद्वारा जारी विज्ञप्तिमा खाली खुट्टा वा पानी जमेको स्थानमा बिजुलीका काम नगर्न, मर्मत कार्यको लागि प्रमाणित प्राविधिकको मात्र सहारा लिन र झुल्ने तार वा असुरक्षित तारको प्रयोग नगर्न आग्रह गरिएको छ।

    बालबालिकालाई विशेष ध्यान दिनु पर्ने उल्लेख गर्दै साना बालबालिकाले सजिलै छुन सक्ने स्थानमा विद्युतीय सामग्री नराख्न र घरभित्र तार नझुण्ड्याउने अभ्यास गर्न सुझाव दिइएको छ।

    त्यस्तै, खेतमा सिँचाई गर्न सिँचाई मिटर प्रयोग गर्न, रातको समयमा बिजुलीको काम नगर्न र पोलबाट ‘हुकिङ’ प्रणालीमार्फत विद्युत चोरी नगर्न पनि चेतावनी दिइएको छ।

    प्रहरीले सामान्य काम गर्दा समेत हल्का हुन सक्ने वा खुला लाग्ने स्थानमा तार वा स्वीच नराख्न अनुरोध गर्दै नागरिकको सुरक्षाका लागि जनचेतना आवश्यक भएको जनाएको छ।

    सुरक्षा सम्बन्धी कुनै जानकारी वा समस्या परेमा प्रहरी कन्ट्रोल १०० वा ९८५५०४०९९९ नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।

    Post Views: 220
    • करेन्ट
    • मृत्यु
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.