• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

महिलामैत्री छैन सिरहाको कारागार : अधुरो भवन, अपूरो योजना

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण ९, शुक्रबार ०९:२९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    सिरहा- महिला कैदीबन्दीको संवेदनशीलता र सुरक्षालाई ध्यानमा राखी ‘महिलामैत्री’ कारागारको आवश्यकता बारम्बार उठ्दै आएको छ । तर सिरहाको कारागारमा अहिले त्यस्तो कुनै सुविधा उपलब्ध छैन ।

    महिला कैदीबन्दीका लागि छुट्टै संरचना नहुनु, बनाइएको भवनमा आवश्यक संरचना नपुगेको र वर्तमान कारागारको भीडभाडले यो समस्या थप जटिल बनाएको कारागार प्रशासक सुवोधकुमार महतोले बताउनुभयो । उहाँका अनुसार महिला कैदी तथा बन्दीलाई राख्नका लागि छुट्टै प्रकारको कारगार छैन । महिना दिनअघिबाट यहाँका महिला कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ ।

    महिला कैदीका लागि छुट्टै आवासीय भवन, पर्याप्त र सुरक्षित शौचालय तथा स्नानगृह, शिशुसहितका महिलाका लागि बाल संरक्षण कक्ष, सुरक्षित भेटघाट कक्ष र गोपनीयता सुनिश्चित गर्ने सुविधा आवश्यक मानिन्छ ।

    अधुरो भवन, अपूरो योजना
    मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटअन्तर्गत करिब रु ६० लाखको लागतमा महिला कैदीबन्दीका लागि भनेर एक नयाँ भवन निर्माण थालिएको भए पनि हालसम्म त्यो अधुरो छ । झन् त्यस भवनमा महिलामैत्री आवश्यक संरचना पनि छैन । कारागार प्रशासक महतोले भने, “कम्पाउण्ड वाल, खानेपानीको सुविधा, शौचालय, सेफ्टीट्याङ्की, सेन्ट्री पोष्ट, भेटघाट कक्ष यति नहुँदासम्म उक्त भवन प्रयोगविहीन हुन्छ ।”

    झन् चिन्ताको विषय त उक्त भवनमा प्रयोग गरिएको झ्याल सिसाको हो, जुन सुरक्षाका दृष्टिकोणले अत्यन्त जोखिमपूर्ण मानिन्छ । महतो भन्छन्, “त्यहीँ सिसा फुटाएर अवाञ्छित क्रियाकलाप हुने तथा विभिन्न घटना घटाउन सक्ने सम्भावना हुन्छ । किन र कसरी त्यो प्रयोग गरियो, म अनभिज्ञ छु । म यहाँ प्रमुख बनेर आएको डेढ महिनामात्र भएको छ ।”

    जीर्ण संरचना र क्षमताभन्दा बढी कैदी
    सिरहाको मुख्य कारागार २०२८ सालमा निर्माण भएको हो, जुन आजसम्म स्तरोन्नति गरिएको छैन । पुरानो संरचना, अपुग सुविधा र कैदीबन्दीको अत्यधिक सङ्ख्याले स्थिति अझ भयावह बनाएको छ ।

    यो कारागारको क्षमता एक सय ५० जनाको मात्र भए पनि हाल यहाँ चार सय ४२ जना कैदीबन्दी राखिएको छ । साउन ४ गते कारागारभित्रै आन्तरिक प्रशासनको नाइके तोक्ने विषयमा कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते भएका थिए । हाल उनीहरूको काठमाडौँमा उपचार भइरहेको कारागार प्रशासक महतोले जानकारी दिए । रासस

    Post Views: 196
    • कारागार
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.