• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

मासिक नियुक्ति कार्यान्वयन नहुँदा विद्युत प्राधिकरण हेलम्बु-मेलम्ची वितरण केन्द्रका कर्मचारी आन्दोलित

  •  देवराज सुवेदी
  • २०८२ श्रावण ८, बिहीबार २१:३० प्रकाशित
    Advertisement
    Oplus_16777216
    • अ-
    • अ
    • अ+

    सिन्धुपाल्चोक– नेपाल विद्युत प्राधिकरण हेलम्बु-मेलम्ची वितरण केन्द्रमा कार्यरत दैनिक ज्यालादारी कर्मचारीहरूले हातमा कालो पट्टी बाँधेर आन्दोलन सुरू गरेका छन् ।

    दैनिक ज्यालादारीमा काम गरिरहेका कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्ति दिने पटक-पटक सहमति र सम्झौता भए पनि कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रिएका हुन् ।

    उनीहरूले नेपाल विद्युत प्राधिकरण हेलम्बु- मेलम्ची वितरण केन्द्रलाई माग पत्र बुझाएको संघर्ष समितिका अमृत ढकालले बताए । उनले माग पत्र बुझाउँदै आगामी आन्दोलनका कार्यक्रमहरूबारे जानकारी समेत गराएका छन् । यहाँ दैनिक ज्यालादारीको रूपमा १५ जनाले वर्षौ देखि काम गरिरहेको आन्दोलन पक्षले बताएको छ ।

    २०८० साउन ३१ गते सम्पन्न ९४९औं सञ्चालक समिति बैठकबाट दैनिक ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्ति दिने निर्णय भइसकेको हो । त्यसयता पटक–पटक सहमति र सम्झौता भए पनि कार्यान्वयनमा कुनै पहल भएको छैन ।

    संघर्ष समितिले २०८२ वैशाख ७ गते अन्तिमपटक निर्णय कार्यान्वयनको लागि ध्यानाकर्षण गराएको थियो। त्यसपछि पनि गत असार २३ गते कार्यकारी निर्देशकको उपस्थितिमा भएको छलफलमा एक साताभित्र निर्णय कार्यान्वयन गरिने भनिए पनि हालसम्म कुनै ठोस कदम चालिएको छैन ।

    संघर्ष समितिले वार्ता संवाद तथा माग सम्बोधनको सुनिश्चितता नदेखिएकाले बाध्य भएर साउन ८ गतेसम्म सबै कर्मचारीले दुई घण्टा कालो पट्टी बाँधेर काम गर्ने । साउन ९ गते सम्पूर्ण प्रादेशिक तथा डिभिजन कार्यालयहरूमा कालो पट्टी बाँधेर धर्ना दिने कार्यक्रम रहेको छ ।

    साउन १२ गतेदेखि प्राधिकरणको केन्द्रीय कार्यालयमा अनिश्चितकालीन धर्ना सुरू गरिने आन्दोलन पक्षले बताएको छ ।

    Post Views: 386
    • विद्युत प्राधिकरण
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.