• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

भद्रपुर भन्सारद्वारा २० करोड ८६ लाख राजस्व असुली

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण ८, बिहीबार १२:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    झापा- भद्रपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा रु २० करोड ८६ लाख ६९ हजार ६३२ राजस्व सङ्कलन गरेको छ । विसं २०७५ मा मुख्य भन्सारको रुपमा स्तरोन्नति भएको यो भन्सार त्यसअघि छोटी भन्सारको रुपमा सञ्चालन भइरहेको थियो ।

    आव २०८१/८२ मा कार्यालयले रु ३३ करोड १३ लाख ७३ हजार राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । लक्ष्यको तुलनामा ६३ प्रतिशत मात्र असुली भएको कार्यालयका प्रमुख अर्जुनप्रसाद सिटौलाले बताए ।

    आव २०८०/८१ को तुलनामा आव २०८१/८२ को राजस्व असुलीसमेत घटेको छ । आव २०८०/८१ मा भद्रपुर भन्सार कार्यालयले रु २४ करोड ३४ लाख २७ हजार ३६ राजस्व असुली गरेको थियो । आव २०८०/८१ को तुलनामा आव २०८१/८२ को राजस्व असुलीमा रु तीन करोड ४७ लाख ५७ हजार ४०४ कमी आएको छ ।

    झापाको काँकडभिट्टामा रहेको मेची भन्सार कार्यालयबाट आयात निर्यात सम्बन्धी कारोबार धेरै हुने भएका कारण भद्रपुर भन्सारको कारोबारमा कमी आएको हो । भद्रपुरमा नेपालतर्फबाट जुन सुविधा र तहको भन्सार कार्यालय सञ्चालनमा छ, समान स्तरको सेवा गलगलियास्थित भारतीय भन्सारमा नहुँदा भद्रपुर भन्सार सुस्ताएको व्यवसायी बताउँछन् ।

    विगतमा पनि भद्रपुर भन्सारको प्रगति कमजोर रहँदै आएको थियो । लक्ष्यको तुलनामा आव २०७८/७९ मा ५६ दशमलव २८ प्रतिशत र आव २०७९/८० मा २८ दशमलव २८ प्रतिशत मात्र राजस्व सङ्कलन भएको थियो । विसं २०७५ भदौ १९ गते तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले भद्रपुर छोटी भन्सारलाई स्तरोन्नति गरेर मुख्य भन्सारको रुपमा उद्घाटन गरेका थिए ।

    भद्रपुर भन्सारबाट चिया उद्योगको प्याकिङका सामान, विषादी, मेसिनरी पार्टस्, केमिकल, फलफूल आदि वस्तु आयात हुने गरेको छ भने निर्यात उल्लेख्य मात्रामा हुने गरेको छैन ।

    Post Views: 158
    • भद्रपुर भन्सार
    • भन्सार
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    बढ्यो अण्डाको मूल्य
    पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.