• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

सडकमा लाग्दै आएको हाटबजार स्थानान्तरण

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण ८, बिहीबार १२:३१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    सिरहा- सिरहाको गोलबजारस्थित पूर्व–पश्चिम राजमार्गको सडकपेटीमै लाग्दै आएको हाटबजार (हटिया) स्थानान्तरण गरिएको छ । लामो समयदेखि लाग्दै आएको गोलबजार नगरपालिका–४ स्थित गुद्री हाटबजारलाई हालै करिब यस मिटर उत्तरतर्फ धमिनि मन्दिर नजिक सारिएको हो ।

    नगरप्रमुख श्यामकुमार श्रेष्ठको निर्देशनमा सडक अतिक्रमण हटाउँदै हटबजारलाई निश्चित स्थानमा सारिएको हो । हटिया स्थानान्तरणसँगै कञ्चनपुर–कमला सडक स्तरोन्नति कार्यमा समेत सहजता आएको छ ।

    “सडकमा हटिया लाग्दा जनजीवन प्रभावित थियो, सवारी साधन चलाउन समस्या थियो, त्यसैले हटिया व्यवस्थित गर्न निर्देशन दिइएको हो”, हटिया स्थानान्तरणपछि नगर प्रमुख श्रेष्ठले भने, “सडकपेटी सार्वजनिक सम्पत्ति हो, त्यसलाई सुरक्षित र खुला राख्नु हामी सबैको दायित्व हो ।”

    गोलबजार उद्योग व्यापार सङ्घका पूर्वअध्यक्ष भरत अग्रवालले हाटबजारको स्थानान्तरणलाई सकारात्मक कदम भएको बताए । उनले भने, “यस ठाउँमा लाग्ने हाटबजारले दुर्घटनाको जोखिम थियो । सडकपेटीमा हाटबजार लाग्दा ट्राफिक व्यवस्थापनमा चुनौतीका साथै दुर्घटना र व्यापारमा असर भइरहेको थियो । अब सुधार हुने अपेक्षा गरेका छौँ ।”

    गोलबजार नगरपालिकाले हाटबजार व्यवस्थापनलाई थप व्यवस्थित र दीगो बनाउने योजना अघि सारेको जनाएको छ ।

    Post Views: 283
    • हाटबजार
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.