• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

धान, गहुँ र तोरीको बीउ उत्पादनमा किसानलाई सघाउँदै सहकारी

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण ७, बुधबार १३:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    टीकापुर- बचत गर्नका लागि स्थापना भएको सहकारीले किसानका समस्या बुझेपछि बिजवृद्धिका क्षेत्रमा काम गरिरहेको छ । कैलालीको टीकापुर नगरपालिका–७ सत्तीस्थित उज्यालो बहुउद्देश्यीय सहकारी संस्था स्थापना हुँदा बचत तथा ऋण लगानी गर्ने उद्देश्य राखेको थियो । सहकारीका शेयर सदस्य सबै किसान भएकाले उनीहरुलाई खेती उत्पादनमा सघाउनुपर्छ भनी सहकारीले पनि बिजवृद्धिको काम थाल्यो ।

    सहकारीले धान, गहुँ र तोरीको बीउ उत्पादन गर्ने गरेको छ । सहकारीले वार्षिक ३०० टन बीउ उत्पादन गरेर बेच्दै आएको सहकारीका व्यवस्थापक रामकृष्ण चौधरी बताउँछन् । “सहकारीले शेयर सदस्यलाई बीउमा अनुदान दिने गरेको छ । किसानलाई बीउमा ५० प्रतिशत अनुदान दिने गरेको छ”, रामकृष्ण भन्छन्, “३१ जनाले रु १००/१०० रकम जम्मा गरी सुरु गरेको सहकारीमा हाल एक हजार ५८ जना शेयर सदस्य छन् ।”

    विसं २०६३ मा बचत सङ्कलन गर्ने उद्देश्यले स्थापना भएको सहकारीले २०७२ सालदेखि बीउ उत्पादन सुरु गरेको हो । रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले सहयोग गरेपछि सहकारीले बीउ उत्पादनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ ।

    हाल सहकारी संस्थाको कार्यालय भवन र तीन भण्डारण गोदाम छन् । असी/असी टनका तीन बीउ भण्डारण घर छन् । सहकारीले बीउ उत्पादनका लागि आवश्यक मेसिनलगायतका सहयोग सिँचाइ आयोजनाबाट पाएको छ । आयोजनालाई प्रशोधनका लागि आवश्यक मेसिनलगायतका सामग्री पाएपछि किसानलाई समेत सहज भएको, बीउ बाहिरबाट ल्याउँदा महँगो हुने गरेकोमा सहुलियत दरमै चाहेकै बेला गुणस्तरीय बीउ पाइरहेका चौधरी बताउनुहुन्छ । “हाल सहकारीको कारोबार रु नौ करोडसम्म हुने गरेको छ”, उनले भने, “विगतमा नेपालगञ्ज, कञ्चनपुरलगायतका ठाउँबाट बीउ किनेर ल्याउने किसानलाई सहज भएको छ । सहकारीमा सहुलियत दरमा बीउ पाइन्छ । किसानकै उत्पादन बीउ हामीले भण्डारण गर्ने गरेका छौँ ।”

    सहकारीले कृषिका धेरै क्रियाकलाप सञ्चालन गरिरहेको, धेरै किसान आबद्ध भएका रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख भरत कँडेल बताउँछन् । “खेती नै मुख्य आधार हो, यसमा लगानी गर्ने सहकारीलाई हामीले पनि प्राथमिकता दिने गरेका छौँ”, उनले भने, “बिजवृद्धिमा लागेकाले सहकारीको स्तरोन्नतिमा सघाएका हौँ । सहकारीलाई चाहिने भण्डारण घर, गे्रडिङ मेसिन, धान, गहुँ काट्नका लागि प्रयोग हुने हार्वेस्टर मेसिनलगायत सबैखाले सहयोग भएको छ ।”

    स्थानीय किसान सौरभ चौधरी सहकारी र सिँचाइ आयोजनाले किसानलाई खेती गर्न सहज बनाइदिएको बताउँछन् । “विगतमा खेती गर्न कठिन हुन्थ्यो, खेती गर्न महिनौँ लाग्थ्यो”, उनले भने, “सिँचाइ आयोजनाले खेत जोत्न पावर टिलर दियो, सहकारीले पनि एकै दिनमा दर्जनौँ बिघाको धान र गहुँबाली सहुलियत दरमा कटानी गरिदिन्छ । हामीलाई सहज भएको छ ।” रासस

    Post Views: 182
    • गहुँ
    • तोरी
    • धान
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.