• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान महत्त्वपूर्ण छः अध्यक्ष नेपाल

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण ७, बुधबार १०:३९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्रका रूपमा रहेको बताएका छन् ।

    अध्यक्ष नेपालले ४७औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन र नेपाली समाजको रूपान्तरणका लागि पुष्पलालले सुरु गरेको यात्रा अहिले विभिन्न प्रकारले विस्तारित भइरहेको बताए । मुलुकमा निरङ्कुशताविरुद्धको सङ्घर्षमा जनतालाई सङ्गठित गर्न कम्युनिष्ट पार्टी स्थापनामा उनले निर्वाह गरेको भूमिका आज पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनले उल्लेख गरे ।

    कम्युनिष्ट आन्दोलनको विकाससँगै क्रान्तिले एकपछि अर्को उपलब्धि हासिल गरिरहेको उल्लेख गर्दै उनले भने, “यस अर्थमा हामी उहाँलाई कहिल्यै बिर्सन सक्दैनौँ ।” अध्यक्ष नेपालले पुष्पलालको सिङ्गो जीवनयात्रा, सैद्धान्तिक, वैचारिक रचना र कार्यक्रममा नेपाली जनताको मुक्ति र समाजिक विकासका लागि महत्त्वपूर्ण रहेको विचार व्यक्त गरे । जीवनको अन्तिम घडीसम्म आफ्नो आस्थाप्रति अटल र अविचलित रही पुष्पलालले सङ्घर्षको यात्रामा अविराम क्रियाशील श्रेष्ठले नेपाली समाजको ऐतिहासिक भौतिकवादी ढङ्गले व्याख्या गरेर समाजमा विद्यमान वर्ग विश्लेषण, त्यसको विकासक्रम, वर्गीय अन्तरविरोधको पहिचान तथा समाधानका उपायहरूलाई माक्र्सवादी ढङ्गले व्याख्या गर्ने कामको अगुवाइ गरेको उनको विचार व्यक्त गरे ।

    कुशल सङ्गठक पुष्पलालले नेपाली समाजको वस्तुनिष्ठ विश्लेषण गर्दै निरूपण गरेको नेपाली क्रान्तिको सिद्धान्तमा आफ्नो पार्टी रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समृद्ध समाजवादी व्यवस्था कार्यान्वयनका लागि जोड दिए ।

    Post Views: 282
    • पुष्पलाल श्रेष्ठ
    • माधवकुमार नेपाल
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.