• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

नवलपुरमा चैते धानको उत्पादन बढ्यो

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण ७, बुधबार ०९:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चैते धानको उत्पादनसँगै उत्पादकत्व पनि वृद्धि भएको हो । नवलपुरमा चैते धानको उत्पादकत्व बढेर आर्थिक वर्ष २०८१/८२ मा प्रतिहेक्टर छ दशमलव तीन मेट्रिक टन पुगेको छ ।

    अघिल्लो आव २०८०/८१ मा जिल्लामा चैते धानको उत्पादकत्व प्रतिहेक्टर पाँच दशमलव नौ मेट्रिक टन रहेकामा आव २०७९/८० मा प्रतिहेक्टर छ मेट्रिक टन रहेको थियो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत विश्वास काफ्लेले जिल्लामा चैते धानको उत्पादकत्वसँगै उत्पादनमा वृद्धि भएको जानकारी दिनुभयो । जिल्लामा पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा चैते धानको उत्पादनमा वृद्धि देखिएको उनको भनाइ छ ।

    जिल्लामा आव २०७९/८० मा छ हजार १२३ मेट्रिक टन धान उत्पादन भएकामा २०८०/८१ मा छ हजार २४४ मेट्रिक टन तथा आव २०८१/८२ मा सात हजार ५३ मेट्रिक टन धान उत्पादन भएको काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार चैते धानखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । पर्याप्त सिँचाइ, अनुदानको व्यवस्था, उत्पादकत्वमा वृद्धि, रोग कीराको प्रकोप न्यून, अनुकूल मौसम, मलबीउको न्यून अभावलगायत कारण किसान चैते धानतर्फ आकर्षित भएका काफ्लेले बताए ।

    उनका अनुसार जिल्लामा आव २०७९/८० मा एक हजार १० हेक्टर, आव २०८०/८१ मा एक हजार ५३ हेक्टर तथा आव २०८१/८२ मा एक हजार एक सय २० हेक्टरमा चैते धानको खेती गरिएको थियो ।

    यसैबीच जिल्लामा बर्खे धान रोपाइँ हुने कुल क्षेत्रफलमध्ये साउन ६ गतेसम्म १५ हजार १३ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको काफ्लेले जानकारी दिए । जिल्लामा यस वर्ष १८ हजार सात सय २० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको उल्लेख गर्दै काफ्लेले नवलपुरमा धान रोपाइँ हुने क्षेत्रफलको करिब ८० दशमलव दुई प्रतिशत भागमा रोपाइँ सकिएको बताए । नेपालमा मनसुन चाँडो भित्रिएको भनिए पनि यहाँ नियमित वर्षा हुन नसक्दा धान रोपाइँ ढिलाइ भएको उनको भनाइ छ ।

    नियमित वर्षा भएको अवस्थामा साउन २० गतेसम्म जिल्लामा रोपाइँ सकिने उनले जानकारी दिए । जिल्लामा धानखेती हुने कुल क्षेत्रफलको करिब ५५ प्रतिशत भागमा मात्र सिँचाइ सुविधा पुगेको काफ्लेले बताए । “जिल्लामा ट्युबबेल भएका ठाउँमा रोपाइँ सकिएको छ”, उनले भने, “कुलो र अकासे पानीका भरमा रोपाइँ हुने ठाउँमा धान रोप्नै बाँकी छ ।” मनसुनी वर्षा राम्रोसँग नभएकाले जमिनमा मूल नफुट्दा कुलो सञ्चालन हुन ढिलाइ भएको उनले बताए ।

    जिल्लामा अघिल्लो आव २०८१/८२ मा जम्मा १८ हजार सात सय १६ हेक्टर क्षेत्रफलमा बर्खे धानखेती गरिएकामा ७१ हजार एक सय २० मेट्रिक टन उत्पादन भएको उनले बताए । रासस

    Post Views: 155
    • उत्पादन
    • धान
    • नवलपुर
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.