• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

युवराज दुलालको चुनावी घोषणापत्र : `बाकस भरी भोट, बाकस भरी विकास´

  •  नेपाल सन्दर्भ
  • २०८२ फाल्गुन ३, आईतवार १९:०९ प्रकाशित
    Advertisement
    Oplus_16908288
    • अ-
    • अ
    • अ+

    सिन्धुपाल्चोक– फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा उम्मेदवार युवराज दुलाल शरदले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । शनिबार सिन्धुपाल्चोक सदरमुकाम चौतारामा दुलालले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।

    उनले विस्तृत चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै `बाकस भरी भोट, बाकस भरी विकास´को नारालाई अगाडि सारेका छन् ।

    सुशासन, पूर्वाधार विकास, कृषि संरक्षण र पर्यटन प्रवर्द्धनलाई आफ्नो प्राथमिकतामा राखेको बताएका छन् ।

    उम्मेदवार दुलालले देशमा देखिएको राजनीतिक अस्थिरता र जनतामा बढ्दो निराशालाई सम्बोधन गर्ने गरी स्थायित्व र जिम्मेवार नेतृत्व आवश्यक रहेको बताएका छन्। उनका अनुसार आगामी निर्वाचन सामान्य प्रतिस्पर्धा मात्र नभई विकासको स्पष्ट मार्ग तय गर्ने अवसर हो।

    दुलालले पाँच वर्षभित्र निर्वाचन क्षेत्रका सबै वडामा स्तरीय All Weather सडक सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मध्यपहाडी लोकमार्ग अन्तर्गत बाँकी निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गरिने दाबी गर्दै उनले ग्रामीण भेगमा यातायात पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको बताए।

    खानेपानी तथा दीगो सिंचाइ प्रणालीको विकासमार्फत कृषि उत्पादन वृद्धि गर्ने लक्ष्यसमेत सार्वजनिक गरिएको छ।

    कृषकलाई समयमा र सहुलियत दरमा मल उपलब्ध गराउने, जंगली जनावरबाट बाली जोगाउन कानुनी तथा नीतिगत व्यवस्था गर्ने र कृषि उपजको बजार सुनिश्चित गर्न पहल गर्ने उनले बताएका छन्। गुठी जग्गामा बसोबास गर्दै आएका किसानहरूको समस्या समाधानका लागि कानुनी प्रक्रिया अगाडि बढाइने पनि उनको प्रतिबद्धतामा उल्लेख छ।

    चौतारालाई उच्च शिक्षा, प्राविधिक तालिम र स्वास्थ्य सेवाको केन्द्रका रूपमा विकास गर्ने तथा आर्थिक गतिविधि विस्तार गर्ने योजना सार्वजनिक गरिएको छ। त्यस्तै मेलम्चीलाई आर्थिक तथा पर्यटन केन्द्रका रूपमा विकास गर्ने एजेण्डा पनि अघि सारिएको छ। मेलम्ची–इन्द्रावती नदी तटीय क्षेत्रको संरक्षण र एकीकृत विकास योजनालाई प्राथमिकतामा राख्दै नदी किनारका बस्ती र कृषियोग्य जमिन संरक्षण गर्ने योजना प्रस्तुत गरिएको छ।

    पाँचपोखरी, हेलम्बु, साँगाचोकगढी लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरूको व्यवस्थित पूर्वाधार विकास गरी स्थानीय अर्थतन्त्र सुदृढ गर्ने लक्ष्य उम्मेदवार दुलालले सार्वजनिक गरेका छन्। पर्यटनलाई रोजगारी र आर्थिक अवसरसँग जोड्ने नीति अघि सारिएको छ।

    उम्मेदवार दुलालले जनप्रतिनिधि कुनै दल विशेषको मात्र नभई सम्पूर्ण नागरिकको प्रतिनिधि हुने दाबी गर्दै पारदर्शी र उत्तरदायी राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। दुःख–सुखमा नागरिकसँगै रहने र जनभावना अनुसार काम गर्ने उनले बताएका छन्।

    बाकस भरी भोटः बाकस भरी विकास

    आफूले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रको समग्र योजनालाई समेटेर तयार गरिएको विकासको परिकल्पना

    “विकासको बाकस (Development Box) परियोजना– २” कार्यक्रम अघि बढाउने दुलालले बताए ।

    जस अन्तर्गतः बागमती प्रदेश सडक गुरुयाेजनामा रहेका सबै सडकहरु र प्रत्येक वडाका महत्वपूर्ण सडकहरु

    स्तरोन्नती गरी आगामी ५ बर्षभित्र सिंगो प्रतिनिधि सभा क्षेत्रलाई सर्वयाम (All Weather)सवारी चल्ने स्तरीय सडक यातायात सुनिश्चित क्षेत्र बनाइने उनको प्रतिवद्वतापत्रमा उल्लेख छ ।

    मध्यपहाडी लाेकमार्गकाे सिन्धुपाल्चाेक खण्ड (बन्देउ–बाहुनेपाटी–पाटी भञ्ज्याङ) काे सडक र पुल

    निर्माणकाे कार्यलाई ३ वर्षभित्र सम्पन्न गरी यातायात सञ्चालनक व्यवस्था गराउने पत्रमा भनिएको छ ।

    दीगो सिंचाइ र खानेपानी प्रणालीको विकासमा जोड दिने बताए ।

    जिल्लाकाे सदरमुकाम चाैतारालाई सम्पदामैत्री शहर, उच्च शिक्षा, प्राविधिक तथा व्यवसायीक

    शिक्षा र तालिम, स्वास्थ्य र खेलकुदको केन्द्रको रुपमा विकास गर्दै चाैतारामा आर्थिक एवम्

    व्यवसायीक गतिविधिको विस्तारको याेजनालाई निरन्तरता दिने उनले बताए ।

    व्यवस्थित शहरी पूर्वाधारः सुविधायुक्त मेलम्ची शहरकाे अवधारणा अनुसार काठमाडौंबाटै १

    घण्टामा पुग्न सकिनेमेलम्चीलाई केन्द्रीय कार्यक्रमहरु गर्न सकिनेशहरककाे रुपमा विकास गरिने जनाएको छ ।

    जसबाट पर्यटन र आर्थिक गतिविधिमा बृद्धि गर्न सकिने उल्लेख छ ।

    पाँचपाेखरीलाई प्रमुख पर्यटकीय गन्तव्यमा स्थापित गर्न व्यवस्थित पूर्वाधार विकास गरिने बताइएको छ । आमा

    याङ्ग्री, हेलम्बु ग्रेटटेल, च्योच्योडाँडा, गुफाडाँडा, सुर्सिङ ब्ल्याङ्चे झरना, भूतछाँगा, साँगाचोकगढी, बुढीचौर, पाल्चोक भगवती, गौंराती भिमेश्वर, तपचुली, चिसापानी, धौले–सुलिकोट, ककनी, शेर्माथाङ, रानीपोखरी, रैथाने पोखरी, नागीडाँडा, मेलम्ची घ्याङजस्ता स्थानलाई समेटेर धार्मिक तथा पर्यटकीय पूर्वाधार विकास गर्न लागि पर्ने बताए ।

    निर्वाचन क्ष्त्र भित्र रहेका पुरातात्विक सम्पदा, मन्दिर, गुम्बा, चर्च लगायत सांस्कृति संरचनाकाे निर्माण र विकासलाई निरन्तरता दिइने जनाइएको छ ।

    Post Views: 747
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.