• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

सिन्धुपाल्चोकबाट १ बाट सुबोध, २ बाट शरद उम्मेदवार सिफारिस

  •  नेपाल सन्दर्भ
  • २०८२ पुष १०, बिहीबार १४:४४ प्रकाशित
    Advertisement
    Oplus_16908288
    • अ-
    • अ
    • अ+

    सिन्धुपाल्चोक– फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस गरेको छ।

    नेकपा सिन्धुपाल्चोक जिल्ला समितिले प्रतिनिधिसभा क्षेत्र नं. १ बाट माधव सापकोटा ‘सुबोध’ लाई सर्वसम्मत एकल उम्मेदवारका रूपमा सिफारिस गरेको हो।

    पार्टीको आज जिल्लाको खाडीचौरमा बसेको १ नं क्षेत्रीय समितिको बैठकले सापकोटाको एकल नाम सिफारिस गरेको हो ।

    बैठकमा पूर्व सांसदद्वय राजकुमार श्रेष्ठ र सिंह बहादुर विश्वकर्माले सापकोटाको नाम प्रस्ताव गरेका थिए भने बागमती प्रदेस सभा सदस्य सरल सहयात्री पौडेलले समर्थन गरेका थिए । सापकोटा यसअघि सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

    त्यस्तै प्रतिनिधिसभा २ अन्तर्गत क्षेत्रीय समन्वय समितिको उम्मेदवार सिफारिस बैठकले प्रत्यक्षतर्फ युवराज दुलाल ‘शरद’ लाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको छ।

    दुलाल हाल बागमती प्रदेशसभामा प्रतिनिधिसभा २ प्रदेश सभा क बाट निर्वाचित प्रदेश सांसद हुन् ।

    दुलाल सिन्धुपाल्चोकको आफ्नो क्षेत्रमा सक्रियता बढाउँदै आएका छन् । उनी बागमती प्रदेशमा मन्त्री हुँदा युवादेखि वृद्धावृद्ध लक्षित बजेट विनियोजन गरेर त्यस भेगमा चर्चामा छन् । गाउँँमा सडक नहुने ठाउँमा सडक र सडक हुने ठाउँमा कालोपत्र गरेर विकासको गति दुलालले बढाइरहेका छन् ।

    त्यस्तै बैठकले समानुपातिक तर्फ भगवती नेपाल, बलराम बि क, रामलाल बि क, वीर बा तामाङ, लोकमान तमाङ, कमल माझी, पेमा ह्योल्मो र बलराम सुनारलाई सिफारिस गरिएको छ।

    Post Views: 441
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.