• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

मेलम्ची-तिपेनी-भोताङ सडकको शिलान्यास, मन्त्री भन्छन्- भाषण होइन्, काम गरेर देखाउँछु

  •  नेपाल सन्दर्भ
  • २०८२ कार्तिक १५, शनिबार १७:३० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री कृष्ण कुमार तामाङ (समीर)ले सिन्धुपाल्चोकको मेलम्ची, तिपेनी हुँदै भोताङसम्म पुग्ने सडकको शिलान्यास गरेका छन् । मन्त्री तामाङले शनिबार मेलम्चीमा एक कार्यक्रमबीच मेलम्ची, तिपेनी हुँदै भोताङ सम्म पुग्ने मेलम्ची खाल्डेखोला खण्ड सडक निर्माण कार्यको शिलान्यास गरेका हुन् ।

    धेरै वर्ष अगाडिदेखि चुनावी भाषण बनेको यो सडक अब भाषणमा मात्रै नभई काम गरेरै देखाउनेगरी अघि बढेको मन्त्री तामाङले बताए । ‘जनताले भाषणमा नभई काममा विश्वास गर्छन्’ मन्त्री तामाङले भने ‘सडकलाई प्राथमिकता दिएर काम गर्ने जनता माझ गरेको प्रतिबद्धता पुरा गर्ने क्रममा यो सडक शिलान्यास भयो ।’

    त्यस्तै मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले धेरै प्रयासपछि बजेट पार्न सफल भएको बताउँदै कसैले पनि व्यक्तिगत तथा पार्टीगत रुपमा जस लिन जरुरी नरहेको बताए । ‘पर्यटकीय धार्मिक स्थल पाँचपोखरी पुग्ने मुख्य बाटोको रूपमा रहेको यो सडक पाँचपोखरी तथा मेलम्ची नगरको मात्रै नभई सबै नेपालीहरूको हो’ मेयर तामाङले भने ‘साथै यस सडकका कारण मेलम्ची नगरपालिकाले धेरै आलोचना खेप्नुपर्‍यो । छिटोभन्दा छिटो सहज यात्राको वातावरण बनाउनु छ ।’

    उक्त सडक आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय, सिन्धुपाल्चोक चौतारामा ईफाता/गेहेन्द्र जे.भीसँग ठेक्का सम्झौता गरी संचालन गर्न लागिएको हो ।

     

    Post Views: 295
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.