काठमाडौँ- सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ बलेफीस्थित अरनिको राजमार्गमा दूध बोक्ने भ्यान भोटेकोसी नदीमा खस्दा चालक बेपत्ता भएका छन् ।
शुक्रबार बिहान चौतारा साँगाचोकगढी नगरपालिका–१० सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीको दूध संकलन गर्ने बा १२ च ६५९४ नम्बरको मारुती मिनि डेलिभरी भ्यान सुकुटेतर्फबाट खाडिचौर जाँदै गर्दा भोटेकोशीमा खसेको हो ।
प्रहरी चौकी बलेफीबाट प्रहरी नायव निरीक्षक सुरेशप्रसाद गुप्ताका अनुसार नदीमा भ्यान खस्दा चालक काभ्रे पनौती नगरपालिका–१० पस्थली बस्ने नवराज खुलाल बेपत्ता भएका छन् ।





