जेनजी आन्दोलनले आक्रान्त बनेको देशमा यतिबेला आन्दोलनको नेतृत्व कसले लिने भन्ने होडबाजी जस्तै चलेको छ । भ्रष्टाचारविरूद्ध सडकमा उत्रिएका जेनजी आन्दोलनको भीड सडक मात्रै होइन् सिंगो देश नै यतिबेला ओगटेको छ । तर जे विषयले आन्दोलन थालिएको थियो त्यहि विषय यतिबेला छायाँमा परेको भान भइरहेको छ । त्यसैलाई समेटेर प्रधानमन्त्री सुशीला कार्कीलाई केही सुझाव लेखेको छु ।
राष्ट्रव्यापी सम्पत्ति छानबिन र पारदर्शी सम्पत्ति व्यवस्थापनका लागि सुझावपत्र
हामी यस देशका सचेत नागरिकहरू यो प्रस्ताव गर्छौं कि-
१. स्वतन्त्र सम्पत्ति छानबिन आयोग गठन गरियोस्, जसले कुनै पनि पद, पहुँच, वा पृष्ठभूमि नहेरी-
– राजनीतिज्ञ (२०४६ सालपछिका सबै),
– निजामती, न्यायिक, सुरक्षा क्षेत्रका कर्मचारीहरू,
– मात्र होइन,सबै आम नागरिकको सम्पत्तिको छानबिन गरोस् । यहाँ नेतालाई प्रभावमा पारेर नेताको नाम बेचेर कालोधन भित्र्याउनेहरूले बढी भष्ट्राचार गरेका छन् ।
२. वार्षिक सम्पत्ति घोषणा अनिवार्य गरियोस्, सार्वजनिक पदमा रहेकाहरूका लागि मात्र होइन, आम नागरिकका लागि पनि स्रोत स्पष्ट हुने गरी ।
३. डिजिटल सम्पत्ति निगरानी प्रणाली बनाइयोस्, जसमा सम्पूर्ण बैंक विवरण, जमिन, सवारी, उद्योग, सेयरलगायत सम्पत्ति एकै ठाउँमा देखिने गरी प्रबन्ध गरियोस् ।
४. स्रोत पुष्टि प्रणाली लागू गरियोस्, जसअनुसार आयको स्रोत नदेखाइ जोडिएको सम्पत्ति राज्यले जफत गर्न सकोस् ।
५. सम्पत्ति पुस्तैनी रूपमा सार्ने कुराको अन्त्य होस्, ताकि एक पुस्ताले लुटेको सम्पत्ति अर्को पुस्तामा नजाओस् ।
६. लुट, कमिसन, नक्कली आन्दोलन वा सुधारको नाममा व्यक्तिगत फाइदा उठाउने प्रवृत्तिमाथि पूर्ण नियन्त्रण गर्न क्षमता अनुसार हरेक नागरिकलाई राेजगारीको व्यवस्थापन होस् ताकि भाटभाटिनि जस्तैः सुमरमार्केट जलाउने निउमा लुटन जान नपरोस् ।
जलाउने, बिगार्ने भत्काउने काम अपराध हो भन्ने हरेक नागरिकको मानसपटलमा होस् । ताकि अहिले जेनजी नेपाललाई प्रयोग गरेर मन नपरेको मान्छेलाई पिट्ने लुट्ने जलाउने गरे जस्तो हिंसक कार्यमा कुनै नागरिक लाग्न नपरोस् ।
⸻
हामी जनताले चाहन्छौं:
• शासन प्रणाली सुधारियोस्,
• सबैलाई एउटै कानुनी मापदण्डमा हेरियोस्,
• र सम्पत्ति/स्रोत/श्रमको आधारमा समाज समुचित रूपमा हाँकियोस् ।





