• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

रक्तसञ्चार केन्द्रमा छैन रगत वर्गीकरण गर्ने मेसिन

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र २०, शुक्रबार ०८:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    तुलसीपुर (दाङ)- तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको प्राङ्गणमा रहेको रक्त सञ्चार केन्द्रमा रगत वर्गीकरण गर्ने मेसिन छैन । विसं २०७४ देखि सञ्चालित कालिकादेवी रक्त सञ्चार केन्द्रमा अझै पनि रगत वर्गीकरण गर्ने (कम्पोनेन्ट मेसिन) नहुँदा रगत वर्गीकरणमा समस्या भएको छ ।

    रक्त सञ्चार केन्द्रका इन्चार्ज नरेश चौधरीका अनुसार अहिले फ्रिजमात्र छ, रगत वर्गीकरण गर्ने कम्पोनेन्ट मेसिन छैन । कसैलाई सेतो रक्तकोषिका चाहिएको हुन्छ, त्यसका लागि कि त घोराहीबाट कि त नेपालगञ्जबाट ल्याउनुपर्ने हुन्छ । अहिले पनि महिनामा २० जनाभन्दा बढीलाई सेतो रक्तकोषिका चाहिने गरेको छ, तर त्यो रगत नहुँदा कुनै बिरामीलाई ‘होलब्लड’ नै दिने गरिएको छ । अतिआवश्यक परेमा घोराहीबाट ल्याउने गरिएको छ ।

    मेसिन भएमा रातो रक्तकोष, सेतो रक्तकोष, प्लेटलेट रगत छुट्याएर जुन बिरामीलाई आवश्यक पर्छ, त्यसैलाई दिन सकिने चौधरीले बताए । माग भइरहे पनि उक्त मेसिन नहुँदा समस्या हुने गरेको उनको भनाइ छ । हाल कम्पोनेन्ट मेसिन घोराहीमा मात्र छ ।

    रेडक्रसले घोराहीमा सञ्चालन गरेको रक्त सञ्चार केन्द्रमा मात्र कम्पोनेन्ट मेसिन छ । प्रदेश सरकार र घोराही उपमहानगरपालिकाको सहयोगमा रु ३५ लाखमा उक्त मेसिन ल्याइएको हो । हाल जिल्लामा सोही मेसिनबाट नै काम चलाउने गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका अधिकृत विश्राम अधिकारीले बताए ।

    उनले भने, “अहिले घोराहीमा त मेसिन छ, तर त्यो पनि बिग्रियो भने कि त बुटबल जानुपर्छ कि भने नेपालगञ्ज जानुपर्छ । अहिले कम्पोनेन्ट मेसिन नभएकै कारण धेरै बिरामी जिल्लाबाट रेफर गर्नुपर्ने अवस्था छ ।”

    Post Views: 153
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.