• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

‘एन्टीबायोटिक’रहित अण्डा

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र १६, सोमबार ०९:०८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    चितवन- पछिल्ला वर्षहरुमा नेपालमा उत्पादन हुने अण्डा एन्टीबायोटिकरहित हुने गरेको छ । सरकारले कुखुरामा एन्टीबायोटिक प्रयोग गर्न रोक लगाएपछि अन्य विधिबाट रोग नियन्त्रण गरेर अण्डा उत्पादन गरिएको हो ।

    कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालले नेपालका अधिकांश पोल्ट्री फार्महरुमा एन्टीबायोटिक प्रयोग गर्न छाडिएको बताए । आफूले अतिरिक्त समयमा परामर्श एवं पोषण हेर्दै आएको नवलपरासीको दाउन्ने एग्रो फार्ममा एन्टीबायोटिक पूर्णरुपमा निषेध गरिएको उनले बताए । उनले भने “सरकारले एन्टीबायोटिक प्रयोगमा रोक लगाएसँगै यो फर्ममा हामीले पूर्णरुपमा बन्देज गरेका छौँ ।”

    देशका अन्य फार्महरुमा पोषण हेर्ने चिकित्सकले ती फर्ममा एन्टीबायोटिक प्रयोग नगरेकाले अधिकांश फार्मबाट उत्पादन भएका अण्डा एन्टीबायोटिकरहित भएको उनको भनाइ छ । यसअघि दाना र पानीमा एन्टीबायोटिक प्रयोग गरिन्थ्यो । जसलाई एन्टीबायोटिक ग्रोथ प्रमोटर (एजीपि) भनिन्थ्यो । यो रोक लगाएसँगै आफूहरुले कुखुरालाई खोप प्रयोग गर्ने गरेको उनले बताए ।

    दानामा जडिबुटीजन्य (हर्वल) खुराकहरु खुवाउने गरेको उनी बताउँछन् । पहिले सामान्य किसिमका ब्याक्टेरियल रोगहरु देखापर्दा एन्टीबायोटिक प्रयोग हुन्थ्यो । एन्टीबायोटिक प्रयोग गरेर उत्पादन भएको अण्डामा केही हिस्सा मानिससम्म पुग्ने उनी बताउँछन् । उनले भने, “कुखुरालाई एन्टीबायोटिक प्रयोग गरेर पारेको अण्डामा रहलपहल एन्टीबायोटिक आउथ्यो, जसले मानव स्वास्थ्यमा असर गर्थ्यो ।”

    कुखुरामा अहिले प्रयोग भएको भ्याक्सिनले मानव स्वास्थ्यका लागि असर नगर्ने उनी बताउँछन् । “यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने र कुखुराको स्वास्थ्य राम्रो बनाउन मद्दत गर्दछ । जुन रोगको विरुद्धमा भ्याक्सिन दिइएको हुन्छ, यसले सो रोग नियन्त्रणमा आउँछ र असर अण्डासम्म पुग्दैन”, उनले भने ।

    नियन्त्रणमा नै नआउने कुनै कुनै रोगको प्रयोगशालामा परीक्षण गरेर कुन प्रकारको ब्याक्टिरिया हो पत्ता लगाई त्यसलाई नियन्त्रण गर्न सीमित मात्रामा संवेदनशील खालको एन्टीबायोटिक पानीको माध्यमबाट प्रयोग गर्ने गरेको उनले बताए ।

    नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले सङ्घभित्रका फार्महरुमा एन्टीबायोटिकको प्रयोग नभएको बताए । सरकारका नीति निर्देशन अनुसार गुणस्तरीय अण्डा उत्पादनमा आफूहरु लागेको उनी बताउँछन् । उनले भने, “हाम्रा फार्म हेर्ने चिकित्सकहरुले मानव स्वास्थ्य असर नहुने गरी भ्याक्सिन र हर्वलहरुको प्रयोग गर्नुहुन्छ ।” जोखिम र खर्च बढे पनि मानव स्वास्थ्यलाई ख्याल गर्दै एन्टीबायोटिकरहित अण्डा उत्पादनमा जोड दिइएको उनको भनाइ छ ।

    नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय पूर्वअध्यक्ष त्रिलोचन कँडेलले कुखुराको रोग प्रतिरोधी क्षमता बढाउन वैकल्पिक उपायहरु अव लम्बन गरिएको बताए । नेपालमा उत्पादन भएको अण्डा एन्टीबायोटिकरहित भएको भन्दै उनले सीमा क्षेत्रमा बाहिरबाट छिरेका अण्डाको गुणस्तर भने भन्न नसकिने बताए ।

    फिजिसियन डा भोजराज अधिकारी कुखुरामा भएका रोगहरु अण्डामा नहुने बताउँछन् । एन्टीबायोटिक प्रयोग नहुँदा अण्डा थप स्वस्थकर बन्ने उनले बताए । मानव स्वास्थ्यका लागि अण्डा उपयोगी भएको उनको भनाइ छ । रासस

    Post Views: 212
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.