• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

बेपत्ता परिवारका सदस्य भन्छन्- अझै आशा मरेको छैन

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र १६, सोमबार ०९:०० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    तुलसीपुर (दाङ)- यहाँको दाङ दङ्गीशरण गाउँपालिका–३ चितानपुर निवासी हरिराम चौधरी विसं २०५९ देखि बेपत्ता भए । मल लिन तुलसीपुर जाने भनी हिँडेका चौधरी बेपत्ता भए पनि परिवारको आश भने अझै मरेको छैन । “अझै पनि आउनुहुन्छ, की भन्ने लाग्छ”, भाई सीताराम चौधरीले भने, “आश अझै मरेको छैन ।”

    त्यस्तै आशामा हुनुहन्छ्, तुलसीपुर उपमहानगरपालिका–११ निवासी लक्ष्मी चौधरी पनि । उनको श्रीमान् खोपीराम चौधरी विसं २०५९ मा बेपत्ता भए । त्यसपछि अहिलेसम्म कुनै पत्ता लाग्न सकेको छैन । “न त सास छ, न त शव नै भेटियो”, उनले भने, “अझै पनि आउनुहुन्छ की भन्ने लाग्छ ।”

    सरकारले यथार्थ पत्ता नलगाइदिँदा अझै घाउमा मल्हम लाग्न नसकेको उनको भनाइ छ । पटकपटक अन्तरक्रिया कार्यक्रम हुने, अवस्था बुझ्न आउने गरे पनि वास्तविक अवस्था पत्ता लाग्न नसकेको उनको दुःखेसो छ ।

    घोराही उपमहानगरपालिका–१७ निवासी बिपीन आचार्यका बुवा थानेश्वर आचार्य विसं २०५९ मा बेपत्ता भए । उनी बेपत्ता भएपछि अहिले घरमा अंशवण्डा नै प्रभावित भएको छ । “बुवा बेपत्ता हुनुहुन्छ, उहाँको मृत्यु दर्ता नहुँदा अंशवण्डा गर्न सकिएको छैन”, उनले भने, “बुवाहरुकै अंशवण्डा छैन ।”

    उनीहरु जस्तै अझै धेरै बेपत्ता परिवारहरु ती बेपत्ता भएका परिवारका सदस्यको बारेमा कुनै जानकारी नहुँदा पीडित छन् । घरकै मुली मान्छे बेपत्ता हुँदा घर चलाउन समस्या हुने गरेको छ । द्वन्द्व पीडित सञ्जाल दाङका अध्यक्ष प्रकाश चौधरीले युद्धको समयमा बेपत्ता पारिएका नागरिकको अवस्थाबारे जानकारी हुन नसकेका कारण युद्ध सकिएको मान्न नसकिने बताउँछन् ।

    विस्तृत शान्ति सम्झौता भएको १९ वर्षसम्म बेपत्ता छानबिन हुन नसक्नु दुःखद भएको उनको भनाइ छ । नेपाल रेडक्रसको तथ्याङ्कअनुसार दाङमा ८२ परिवारका सदस्यहरु बेपत्ता पारिएका छन् । रासस

    Post Views: 231
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.