• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

इजरायली आक्रमणमा यमनका प्रधानमन्त्रीको मृत्यु

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र १४, शनिबार २३:५५ प्रकाशित
    Advertisement
    Oplus_16908288
    • अ-
    • अ
    • अ+

    इजरायली आक्रमणमा यमनी हुथी सरकारका प्रधानमन्त्रीसहित केही अधिकारीको मृत्यु भएको छ ।

    यसै साताको सुरुमा इजरायली सेनाद्वारा गरेको हवाई आक्रमणमा यमनका हुथी विद्रोहीसमूहका प्रधानमन्त्रीसहित केही अन्य अधिकारीको मृत्यु भएको इरान समर्थित समूहले शनिबार पुष्टि गरेको छ ।

    गत वर्ष नियुक्त भएका अहमद घलेब नासेर अल–राहावी गाजामा जारी युद्धका क्रममा इजरायलको शृङ्खलाबद्ध आक्रमणमा मारिएका सबैभन्दा वरिष्ठ अधिकारी हुन् । “हामी प्रधानमन्त्री नासेर अल राहावीको शहादतको घोषणा गर्दछौँ। शत्रुले उनीहरूलाई निशाना बनाएका कारण उहाँसहित उहाँको मन्त्रीमण्डलका कैयौँ सहकर्मीले शहादत प्राप्त गरेका छन्,” हुथीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। “

    आक्रमणमा हुथी नेता नासेरसहित केही अधिकारीको मृत्यु भएको र अन्य केहीसामान्यदेखि गम्भीर घाइते भएका छन् र उनीहरूको बिहीबार दिउँसोदेखि उपचार भइरहेको छ,” विज्ञप्तिमा भनिएको छ।

    इजरायली सेनाले हुथीको नियन्त्रणमा रहेको राजधानी साना क्षेत्रमा बिहीबार आक्रमण गरेको थियो । प्यालेस्टाइनप्रति ऐक्यवद्धता जनाउँदै हुथी विद्रोहीले गाजा युद्ध सुरुभएदेखि नै इजरायलमाथि बारम्बार क्षेप्यास्त्र र ड्रोन प्रहार गर्दै आएका छन् ।

    इजरायली सेनाले हुथी विद्रोही शासनको सैन्य लक्ष्यमा आक्रमण गरेको इजरायली सेनाले त्यतिबेला बताएको थियो ।

    हुथी विद्रोहीले ‘रेड सी’ र एडेनको खाडीमा रहेको पानीजहाजलाई पनि निशाना बनाउने गरेका छन् जुन उनीहरूले गाजा युद्धको समयमा इजरायलसँग जोडिएको दाबी गरेका छन्।

    विद्रोही समूहले सन् २०१४ देखि युद्धको चपेटामा परेको यमनको ठूलो भागलाई नियन्त्रण गरेको छ र यो मध्यपूर्वका अधिकांश भागमा रहेका लडाकू समूहहरूसँगै इरानको इजरायल विरोधी गठबन्धनको हिस्सा हो। एजेन्सी

    Post Views: 255
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.