• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

कोशी प्रदेश : माछाको उत्पादन बढ्यो

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र १३, शुक्रबार ०७:२४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    झापा- कोशी प्रदेशमा माछाको वार्षिक उत्पादन बढेको छ । माछापालनको क्षेत्रफल बढेसँगै उत्पादन पनि बढेको हो । तैपनि खपतअनुसारको उत्पादन पर्याप्त हुनसकेको छैन ।

    किसान तथा कम्पनीले व्यावसायिक रूपमा पाल्ने माछाका प्रमुख दुई प्रकारमा कार्प र पङ्गास हुन् । दुवै प्रकारका माछापालनको क्षेत्रफल र उत्पादन वृद्धि भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका मत्स्य विकास अधिकृत पार्वती लिम्बूले बताए ।

    आर्थिक वर्ष २०८१/८२ मा प्रदेशमा दुई हजार ४४२ हेक्टर क्षेत्रफलमा पोखरी बनाएर कार्प जातको माछापालन गरिएको थियो । त्यसअघि आव २०८०/८१ मा दुई हजार १६ हेक्टर क्षेत्रफलमा मात्र माछापालन गरिएको उनले बताए । कार्प जातका माछाको उत्पादन बढेको छ । उक्त माछा आव २०८०/८१ मा नौ हजार ३७७ मेट्रिक टन उत्पादन भएको थियोभने आव २०८१/८२ मा उत्पादन बढेर ११ हजार ७६ मेट्रिक टन पुगेको छ ।

    उपभोक्ताले रुचाउन माछाको अर्को जात पङ्गासको पनि उत्पादन र माछापालन क्षेत्रफल दुवै वृद्धि भएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएअनुसार आव २०८१/८२ मा पङ्गास माछा कोशी प्रदेशमा तीन हजार ३९९ मेट्रिक टन उत्पादन भएको थियो । जबकि आव २०८०/८१ मा यो माछा दुई हजार ३६६ मेट्रिक टनमात्र उत्पादन भएको थियो ।

    निर्देशनालयको तथ्याङ्कानुसार प्रदेशमा आव २०८१/८२ मा पङ्गास माछापालन गरिएको पोखरीको सङ्ख्या चार सय १३ र आव २०८०/८१ मा मात्र चार सय पाँच रहेको थियो । आव २०८१/८२ मा यो माछापालन भइरहेको क्षेत्रफल एक सय १० हेक्टर र आव २०८०/८१ मा ७८ हेक्टर रहेको थियो ।

    पहाडमा बग्ने सफा पानीमा पालिने रेन्बो ट्राउटको माछापालन भने घटेको छ । आव २०८०/८१ मा ४३ वटा पोखरीमा यो माछापालन गरिएको थियोभने आव २०८१/८२ मा घटेर २९ भएको निर्देशनालयले जनाएको छ ।

    कोशी प्रदेश सरकारले माछापालनमा जोड दिँदै आएता पनि आवश्यकता धान्ने गरी उत्पादन बढाउन सकेको छैन । मत्स्य विकास अधिकृत लिम्बूले प्रदेशमा प्रतिव्यक्ति वार्षिक ११ केजी ५०० ग्राम माछा उपभोग हुने गरेको बताए ।

    जबकि आव २०८०/८१ मा उत्पादनको उपलब्धता वार्षिक प्रतिव्यक्ति एक केजी ८०० ग्राम र आव २०८१/८२ मा दुई केजी २६० ग्राम रहेको उनले बताए । प्रदेशमा खपत भएअनुसारको उत्पादन बढाउन नसक्दा अझै पनि भारतबाट आयातित माछामा निर्भर हुनुपर्ने बाध्यता छ । कोशी प्रदेशका ५६ वटा सिमसार पोखरीमा माछापालन गरिएको छ । रासस

    Post Views: 198
    • माछा
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.