• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

अमेरिकाले भारतीय सामानमा लगाएको ५० प्रतिशत भन्सार कर आजदेखि लागू

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र ११, बुधबार ०९:३१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    वासिङटन डिसी- अमेरिकाले हिजो भारतमा २५ प्रतिशत अतिरिक्त कर लगाउने आधिकारिक सूचना जारी गरेको छ ।

    अब भारतीय समय अनुसार यो महशुल बुधबार अर्थात अगस्ट २७ गते बिहान ९:३१ बजेदेखि लागू हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट ६ मा रुसबाट तेल खरिदमा जरिवानाको रूपमा यो शुल्क घोषणा गरेका थिए ।

    ट्रम्पले अगस्ट ७ बाट भारतमा व्यापार घाटाको कारण २५ प्रतिशत कर लगाएका थिए अर्थात् अब अमेरिकामा निर्यात हुने भारतीय सामानमा कुल कर ५० प्रतिशतसम्म हुनेछ ।

    मंगलबार जारी आदेशमा भनिएको छ, ‘भारतबाट आउने सामानमा यो कागजातको सूचीमा उल्लेख गरिएको महसुल लागू हुनेछ । यी चीजहरू या त प्रयोगको लागि अमेरिका ल्याइनेछ वा प्रयोगको लागि गोदामबाट बाहिर निकालिने छ। यो नियम अगस्ट २७ अगस्टमा राती १२ः०० बजे देखी लागू हुनेछ।’

    यसबाट प्रभावित हुने उद्योगहरू धेरै रहेका छन् । मुख्यतयाः ट्रम्पको ट्यारिफले गहना, कपडा, अटो, समुद्री खाना क्षेत्रका उद्योगहरूको नाफा घटाउन सक्छ। अमेरिकासँग व्यापार सम्झौता नगरिए वा भन्सार नघटाए ४८ अर्ब २ करोड डलरको निर्यातमा प्रत्यक्ष असर पर्ने विज्ञहरू बताउँछन् ।

    यो अमेरिकी शुल्कले आईटी, औषधि र इलेक्ट्रोनिक उद्योगहरूलाई भने असर गर्दैन। हाल इलेक्ट्रोनिक्सलाई धारा २३२ अन्तर्गत छुट दिइएको छ। यो घोषणा नभएसम्म एप्पल, सामसुङ जस्ता स्मार्टफोनको अमेरिका निर्यातमा कुनै असर पर्ने छैन।

    फार्मामा हालको ट्यारिफ शुन्य प्रतिशत हो । तर, ट्रम्पले १८ महिनामा १५० ट्यारिफ र पछि २५० ट्यारिफ लगाउने धम्की दिएका छन्। यो लागू नभएसम्म छुट जारी रहनेछ। आईटी उद्योग सेवा क्षेत्रको एक हिस्सा हो, त्यसैले यो पनि यो ५० प्रतिशत ट्यारिफको दायरामा आउँदैन।

    एनबीसी रिपोर्टका अनुसार भारतबाट अमेरिकामा सबैभन्दा बढी निर्यात हुने गरगहना, कपडा, मेसिनरी र रसायन हुन्। ५० प्रतिशत ट्यारिफका कारण अमेरिकामा यी वस्तुहरू महँगो हुनेछन् र त्यहाँबाट अर्डरहरू घट्नेछन्।

    कम अर्डरको कारण कम्पनीहरूले आफ्नो उत्पादन घटाउनु पर्नेछ, जसले लेअफ निम्त्याउन सक्छ। यसको मतलब यी क्षेत्रहरूमा रोजगारी गुमाउने खतरा छ। तर, कुन क्षेत्रबाट कतिको रोजगारी गुम्छ भन्ने अनुमान गर्न अझै गाह्रो छ ।

    Post Views: 280
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.