• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

गोविन्दाले १८ वर्षदेखि दिएनन् हिट फिल्म, फेरि कसरी कमाउँछन् करोडौं ?

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र ९, सोमबार ११:५७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    मुम्बई- बलिउड अभिनेता गोविन्दाले उत्कृष्ट कमिक टाइमिङ र डान्स मूभमार्फत वर्षौंसम्म ठूलो पर्दामा शासन गरेका थिए ।

    अहिले उनी अभिनयबाट टाढा भएपनि व्यक्तिगत जीवनका कारण चर्चामा रहि रहन्छन् । अहिले उनी श्रीमती सुनिता आहुजासँग डिभोर्सको बिषयले थप चर्चामा रहेका छन् । तर, यस रिपोर्टमा हामी तपाईंलाई उनको भव्य जीवनशैलीको परिचय दिइरहेका छौं। तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि फिल्मबाट टाढा भए पनि उनी अहिले पनि शाही जीवन बिताउँछन्।

    गोविन्दाले आफ्नो करियर सन् १९८६ मा सुरु गरेका थिए । उनको पहिलो फिल्म ‘इलजाम’ थियो । यसपछि उनी धेरै हिट फिल्ममा देखा परे र बलिउडमा हिरो नम्बर वनको ट्याग पाउन पनि सफल भए  तर अहिले भने उनी वर्षौंदेखि अभिनयबाट टाढा छन् । उनले झण्डै पछिल्लो १८ वर्षमा एउटा पनि हिट फिल्म पनि दिएका छैनन् । यसका बाबजुद पनि उनी शाही जीवन बिताइरहेका छन् ।

    टाइम्स अफ इन्डियाका अनुसार गोविन्दा करिब १७० करोडको सम्पत्तिका मालिक हुन् । रिपोर्टका अनुसार कलाकारले एउटा फिल्मका लागि ६ करोड भारु पारिश्रमिक लिने गरेका छन् । अहिले उनी फिल्मबाट टाढा छन् तर पनि वर्षमा करोडौं कमाउँछन् । खासमा ब्रान्ड एन्डोर्समेन्ट नै उनको आम्दानीको मुख्य स्रोत हो । यसका लागि उनले २ करोड रुपैयाँ लिने गरेका छन् ।

    यसबाहेक गोविन्दाले घर जग्गामा पनि लगानी गरेका छन् । मुम्बईबाहेक भारतका विभिन्न ठाउँमा उनको विलासी सम्पत्ति छ । उनको जुहुमा १६ करोडको आलिशान घर छ । अभिनेताको मध आइल्याण्डमा घर पनि छ । जसलाई उनले सुटिङका ​​लागि भाडामा दिन्छन् । यसबाहेक गोविन्दाको कोलकाता, लखनउ र रायगढमा लक्जरी सम्पत्ति छ।

    अभिनेता अन्तिम पटक फिल्म ‘रंगीला राजा’मा देखिएका थिए, यो सन् २०१९ मा रिलिज भएको थियो। त्यस पछि अहिले फेरि श्रीमतीसँग सबन्धबिच्छेदको मुद्दाका कारण सधै चर्चामा रहेका छन् ।

    Post Views: 267
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.