• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

दुई सय बिघा जग्गामा लगाइएको धान खेती बाढीले डुबायो

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र ७, शनिबार १४:३७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    जलेश्वर (महोत्तरी)- जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय बिघा जग्गाको धानखेती बाढीको पानीले डुबाएको छ । जलेश्वर–८ को उत्तरपट्टीको वन (नर्रीचौरी) हुँदै पसेको बाढीले नर्रीचौरीका धानखेती डुबाउँदै पूर्वावारी चौरी, दक्षिणवारीचौरी, झरहीचौरी र पछियारीचौरीका केही खेतका धान नष्ट गरेको वडाध्यक्ष विजयकुमार सिंहले जानकारी दिए ।

    उनका अनुसार वडा नं ८ अन्तर्गत पर्ने रतवारा, रमौल र बजराही गाउँमध्ये सबैभन्दा बढी बजराही गाउँमा करिब एक सय ७० बिघा क्षेत्रफलमा लगाइएको धानखेतीमा क्षति भएको छ । बाढीले रतवारा र रमौल गाउँमा ३० बिघा क्षेत्रफलमा लगाइएको खेती नष्ट गरेको उनको भनाइ छ ।

    लामो समयपछि गत साउन दोस्रो साता परेको पानीले रोपाइँ गरेका बजराहीका किसान रोहित चौधरीले करिब तीन बिघा जग्गाको बाली बाढीले डुबाएर नष्ट गरेको जानकारी दिए ।

    सोही गाउँका किसान गौरी चौधरीले अचानक वन क्षेत्रमा आएको बाढीले आफ्नो दुई बिघा जग्गाको बाली डुबाएको बताए । महँगो बीउ, मल र मजदुर खोजेर रोपाइँ गरेको बताउँदै किसान हरिश्चन्द्र ठाकुरले बाढीले दुई बिघा क्षेत्रफलको धानबाली नष्ट गरेको भन्दै चिन्ता व्यक्त गरे । किसान प्रेमचन्द्र पाठकले करिब डेढ बिघामा लगाइएको बालीमा बाढी पसेर क्षति गरेको बताए ।

    उहाँहरू जस्तै जानकी ठाकुर, बौएलाल महरा, श्यामबाबु चौधरी, भरत चौधरी, अरविन्द्र साह, मनोज साह, दानी पाठक, आशनारायण मण्डल, दिनेश पाठक, मङ्गल पाठक, मोचन साह, रामजी ठाकुर, जीवछ मण्डललगायत दर्जन बढी किसानले लगाएका धानखेती बाढीले नष्ट पारेको बताएका छन् ।

    रतवाराका मोती मण्डल, विकास मण्डल, भजन मण्डल, रमौलका विल्टु यादव, विमल सिंह, भुनेश्वर यादवलगायत किसानद्वारा लगाइएको धानबाली बाढीले डुबाएको भन्दै दुखेसो सुनाउनुभयो ।

    जिल्लाको रातो खोलामा बाँधेर (थुनेर) राखेको पानीलाई महोत्तरी गाउँपालिका–३ मडै र एकडारा गाउँपालिका–५ कोल्हुवाका स्थानीयले एक साताअघि अचानक बाँध फुटाउँदा उक्त खोलाको पानी बाढी बनेर आएको जलेश्वर–८ का वडाध्यक्ष सिंहले बताए । सोही खोलामा आएको बाढीका कारण यहाँ लगाइएको करिब ८० प्रतिशत धानखेती नष्ट भएको उहाँले जानकारी दिए ।

    वडाध्यक्ष सिंहले भने, “किसानको धानबाली डुबेर बढी क्षति भएको छ । अझैसम्म पनि यहाँ पानीको निकाशा भएको छैन । सोही कारणले करिब पाँच महिनासम्म पानी खेतमा जम्ने भएकाले कुनै पनि बाली लगाउन सकिँदैन ।” यसैबीच किसानले तत्काल पानीको निकाशा गरेर किसानलाई राहत उपलब्ध गराउने मागसहित जलेश्वर नगरप्रमुख सुरेश साह सोनारलाई आग्रह गरेका छन् ।

    Post Views: 261
    • धान
    • बाढी
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.