• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

अमिताभ बच्चनसँग किन देखिएनन् भाइ अजिताभ ? यसकारण छैन दाजुभाईबीच सम्बन्ध

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र ७, शनिबार १४:३४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    मुम्बई- जब बच्चन परिवारको कुरा आउँछ, अमिताभ, जया बच्चन, अभिषेक, श्वेता र ऐश्वर्याको मात्रै चर्चा हुन्छ।

    अमिताभ पनि प्रायः आफ्नो परिवारका यी सदस्यहरू वा आफ्ना आमा र बुबाको बारेमा कुरा गर्छन्। तर, उनी कान्छो भाइ अजिताभको बारेमा निकै कम बोलेको देखिएको छैन् ।

    उनले सामाजिक सञ्जालमा समेत उनको उल्लेख गर्दैनन्, जबकि अमिताभको फिल्मी करियरमा अजिताभले निकै महत्वपूर्ण भूमिका खेलेका थिए । दुवैजना सधैं एक अर्काप्रति वफादार थिए तर अहिले एकअर्काबाट किन टाढा रहेका छन् भन्ने कसैले बुझ्न सकेनन् ।

    उता, जया बच्चनको भाउजु रमोला बच्चनसँग पनि मनमुटाव भएको थियो । अब हामी यहाँ उनीहरुबीचको सम्बन्ध कस्तो छ र किन असहमति थियो भन्ने कुरा बताउने छौं ।

    अमिताभ बच्चनलाई आज यो स्थानमा पुर्‍याउन उनका भाइ अजिताभको पनि ठूलो योगदान छ। अजिताभ अमिताभ बच्चनभन्दा ५ वर्ष कान्छा छन्, तर उनी कुनै समय उनको फिल्म म्यानेजर थिए। जब अमिताभ बच्चन कोलकातामा ९ देखि ५ कामको चक्करमा फसेका थिए, तब अजिताभले उनलाई फिल्ममा जान सल्लाह दिएका थिए ।

    अजिताभ बच्चनले भाइ अमिताभलाई सल्लाह मात्र दिएनन्, उनलाई अभिनेता बनाउन कडा मेहनत पनि गरेका थिए । अजिताभले आफैंले अमिताभको तस्बिर खिचेर प्रतियोगितामा पठाए । यो कुरा अमिताभले  ‘कौन बनेगा करोडपति’ मा एकपटक खुलासा गरेका थिए ।

    अमिताभले आफू र अजिताभ बाल्यकालमा एकअर्काका साथी भएको पनि बताएका थिए । आमा र बुवासँग पनि बाँड्न नसक्ने कुरा उनीहरु एकअर्कासँग सेयर गर्थे । र, जहिले पनि झगडा हुन्थ्यो, अजिताभ भाइले अमिताभलाई भन्थे कि ‘तिमीले मलाई जे भन्यौ, घरमा भन।’

    अमिताभ र अजिताभ बाल्यकालदेखि नै नजिक थिए। अजिताभ बच्चनले २२ वर्षअघि  ‘रेडिफ’ लाई एक अन्तर्वार्तामा यी दुईबीचको सम्बन्ध कस्तो थियो भन्ने कुरा बताएका थिए । अजिताभले भनेका थिए, ‘हामी विद्यालयमा एकअर्काको ख्याल गर्थ्यौं तर, उमेरमा पाँच वर्षको अन्तर थियो, त्यसैले विद्यालयमा हामी एकअर्कालाई त्यति भेट हुदैनथ्यौ किनकी कक्षा फरक थियो, यद्दपी यति धेरै वर्षको भिन्नता भए पनि हामी असल साथी थियौं।’

    स्कूल सकिएपछि अमिताभ बच्चन र अजिताभ बच्चन कोलकाता गए र त्यहाँ काम खोज्न थाले । यसपछि अमिताभ मुम्बई आए पछि अजिताभ भने लन्डनमा बस्न थाले । अजिताभ लन्डनमा भए पनि दाइ अमिताभसँग कहिल्यै दुरी थिएन । दुवै जना एकअर्कालाई भेट्न आउने जाने गर्दथे ।

    अमिताभ आफैंले भाइ अजिताभका लागि केटी खोजेका थिए । उनले अजिताभको आफ्नो साथी रमोलासँग विवाह गराए । रमोलाले भनेकी थिइन् कि उनले अमिताभ बच्चनलाई अजिताभ भन्दा पहिले नै चिनेकी थिइन् र राखी बाँधि दिन्थिन् । दुबै असल साथी थिए । उनले अमिताभ मार्फत अजिताभलाई भेटे र त्यसपछि उनीहरुको विवाह भयो । विवाहपछि रमोला पति अजिताभसँग लण्डन बसिन् । तर, भाउजु जया बच्चन र भाउजु अमिताभसँग रमोला बच्चनको सम्बन्ध कायम रह्यो ।

    तर, सन् १९८६ देखि १९८९ को बीचमा भएको ‘बोफोर्स घोटाला’ मा अमिताभ बच्चनको नाम तानिएपछि यो सम्बन्धमा दरार आएको थियो। अमिताभको अफेयरका कारण भाइ अजिताभको कम्पनी पनि निशानामा परेको थियो र त्यसको छानबिन भएको थियो।  अमिताभसँगै अजिताभको छवि पनि बिग्रन थाल्यो, यद्यपि, त्यो मुद्दाको २५ वर्षपछि अमिताभले ‘बोफोर्स घोटाला’ बाट क्लिन चिट पाए तर भाइ अजिताभसँगको सम्बन्धमा चिसोपन आइसकेको थियो ।

    रमोला लण्डनबाट भारत फर्किए पछि पनि भाउजु जयाको घरमा पनि बसेनन् । उनी आफ्नै अपार्टमेन्टमा बस्ने गर्दथिन् । अजिताभ बच्चन आफैंले एक अन्तर्वार्तामा आफू र अमिताभबीच दूरी भएको खुलासा गरेका थिए र पिता हरिवंशराय बच्चनको निधनपछि त्यो दूरी झन् बढेको थियो ।

    अजिताभले सन् २००५ मा ‘द टेलिग्राफ इन्डिया’सँगको कुराकानीमा आफू र अमिताभबीच गहिरो मतभेद भएको स्वीकार गरेका थिए, जुन बाबु हरिवंशराय बच्चनको निधनपछि झनै बढेको थियो ।

    अजिताभ बच्चनले भनेका थिए, ‘म लामो समयदेखि विदेशमा बस्दै आएको छु र यति टाढाबाट धेरै दुरी आफैं आउँछन् । अमिताभ र म बाबुजी जिउँदै ह
    हुदाँ दुखाउन चाहन्नथें । त्यसकारण हामीले उनको खातिर सँगै बस्ने प्रयास गर्यौं र धेरै समय सँगै बितायौं।’

    जब अजिताभ बच्चनलाई दुई दाजुभाइबीचको मतभेदको कारण अमिताभका नयाँ साथी हुन् कि भनेर सोधियो, उनले जवाफ दिन अस्वीकार गरेका थिए। उनले यति मात्र भनेँ कि यसबारे अहिले नै टिप्पणी गर्नु उचित हुँदैन। तर, अर्को अन्तर्वार्तामा अजिताभले आफैंले भनेका थिए कि अमिताभको जीवनमा राजनीतिसँग सम्बन्धित साथीहरू आएपछि अमिताभसँगको दूरी बढ्न थालेको हो ।

    नवभारत टाइम्सका अनुसार जब अजिताभलाई सोधिएको थियो कि अमिताभको अमर सिंहसँगको मित्रता वा गान्धी–नेहरू परिवारले ती दाजुभाइहरू बीच दरार पैदा गरेको थियो, उनले पनि जवाफ दिन अस्वीकार गरे। उनले आफूलाई यस्तो लागेमा अवश्य लेख्ने समेत बताए । अमिताभसँग मेलमिलापको सम्भावना छ ? अजिताभले भनेका थिए, ‘संसार सानो छ र जीवन पनि छोटो छ, जे पनि सम्भव छ। हेरौं के हुन्छ।’

    Post Views: 239
    • अमिताभ बच्चन
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.