• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

रोगले अकबरे खुर्सानी सखाप, मारमा किसान

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र ७, शनिबार १४:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भोजपुर- अकबरे खुर्सानीमा रोगको जोखिम बढेसँगै यहाँका किसान समस्यामा परेका छन् । फलमा डढुवा लाग्ने, किरा लाग्ने, बोटमै सुक्ने, फल झर्नेलगायतका रोग देखिँदा किसानको श्रम र लगानी जोखिममा परेको हो ।

    लटरम्म फल लागेका बोटमा रोग देखिएपछि धेरै किसान खुर्सानी उखालेर फाल्न बाध्य भएका छन् । करिब दुई रोपनीमा लगाएको खुर्सानी रोगले नष्ट गरेपछि अन्य बाली लगाउनु परेको भोजपुर नगरपालिका–५ का किसान धनबहादुर थापाले बताए ।

    “यस वर्ष खुर्सानीमा रोगको जोखिम बढेको छ” उनले भने, “एउटै बोटमा एकैसाथ धेरै खालका रोग देखिएपछि हामी किसान चिन्तामा परेका छौँ । फल लागेको खुर्सानी डाँठ कुहिएर मरेपछि बगान सखाप भयो, अब अन्य बाली लगाउन थालेको छु ।”

    थापाजस्तै व्यावसायिक रूपमा खेती गरिरहेका गाउँका अन्य किसानले पनि यस्तै समस्या भोगिरहेका छन् । स्थानीय कृषक गीता विष्टकाअनुसार खुर्सानीमा फलमा डढुवा लाग्ने, किरा लाग्ने, पात कुप्रो हुने, डाँठ कुहिने र बोट पहेँलो हुने समस्या देखिएको छ ।

    “खुर्सानीमा रोग देखिएको कारण हामी किसान समस्यामा परेका छौँ” उनले भने, “बारीमा भएका प्रायःसबै बोटमा रोग लागेको छ । बजार लैजाने अवस्थाको खुर्सानीमा रोग देखिएपछि बगान नै सखाप भएको छ । फल डढुवा लाग्ने रोगले सबैभन्दा बढी क्षति गरेको छ ।”

    रोगले क्षति पुगेको खुर्सानी किसानले उखालेर नष्ट गर्न थालेका छन् । एउटा बोटमा देखिएको रोग केही दिनमै अन्य बोटमा फैलिने गरेको किसानको अनुभव छ । करिब एक हजार ५०० बोट खुर्सानी लगाएकोमा आधाभन्दा जसो बोट रोगले पूर्ण रूपमा नष्ट भएको कृषक विष्टले बताए ।

    पछिल्लो समय जिल्लामा व्यावसायिक रुपमा खुर्सानी खेती गर्ने किसानको सङ्ख्या बढिरहेको छ । तर, रोग–किराको जोखिमले यस वर्ष उत्पादन घट्ने अवस्था रहेको किसानको अनुमान छ । रासस

    Post Views: 233
    • अकबरे खुर्सानी
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.