• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

अब `माग्ने महाराज´को प्रतिक्षा

  •  प्रकाश तिमल्सिना
  • २०८२ भाद्र ६, शुक्रबार २०:०६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    हेरून्जेल दर्शकलाई फिल्मले बाँधिरहन्छ भने त्यो फिल्म सफल मानिन्छ । मैले चाहिँ यो फिल्ममा कतै पनि बोर फिल गरिन, हेरून्जेल मज्जा छ।

    निर्देशक र लेखकले `माग्ने राजा´का माग्नेलाई गरिबीमा पनि चरम, धनाढय पनि चरम रूपमा देखाएका छन्। कहिले रिन तिर्न नसकेर भागिरहेको माग्ने, कहिले पैसाको बिटो फ्याक्ने माग्ने।

    निराशा पनि चरम, क्रान्तिकारी छवि पनि चरम देखाएका छन् । १५ सय मागेर काठमाडौं छिरेको माग्ने अर्बपति हुदैँ सबै सकिएर १५ सय मागेर गाउँ फर्किने पनि माग्ने ।

    माग्नेको चरित्र उत्कृष्ट छ, उनको यो फिल्मले अर्कै छवि स्थापित गर्छ, वर्षा सिवाकोटीलाई फरक लुक्समा देखाएर निर्देशकले आफ्नो क्षमता भरपुर प्रयोग गरेका छन् ।

    म्युजिक पनि चरम छ, बबाल म्युजिकले फिल्मले हाईट लिएको छ। समग्रमा भन्नू पर्दा हरेक दृश्यलाई `डिप´मा देखाईएको छ, यसमा चाँही लेखक र निर्देशकीय क्षमता प्रस्फुटन भएको छ, कुनै पनि दृश्य ओभर र सतही छैन्। मेकिङ उत्कृष्ट छ। कुनै दृश्यले आँखा बिझाउँदैन्।

    मेरो ब्यक्तिगत दृष्टीकोण: सेकेन्ड लास्ट जम्मा २ मिनेटको सिनमा सम्पति सबै बन्धक भएको र पैसा सकिए पनि माग्नेले अरूलाई चुनाब हराएर गाउँ फर्के पछिको सिन भने कता कता खल्लो लाग्यो,

    माग्नेलाई हराउन भन्दा पनि सेकेन्ड लास्ट सिनमा जिताई दिनु पर्थ्यो बरू सम्पत्ति शुद्दीकरणको मुद्दा पछि पद निलम्बनमा परेेर गाउँ फर्काएको भए माग्ने `माग्ने राजा` हुन्थ्यो कि ?

    फिल्मवाट १० प्रतिशत ज्ञान र ९० प्रतिशत मनोरञ्जन लिन चाहानेलाई यो `कम्प्लिट फिल्म` हो, यो उच्चकोटीको सिरियस कमेडी फिल्म हो।  हेर्न गएँ, पैसा खेर गएको फिल चाँही हुन्न।

    खैर, थापाथलीको २५ रोपनी जग्गा `उपहार´ पाएको सिन देखाउँदा देख्दा थप उत्सुकता जगाएको छ

    अब `माग्ने महाराजको´ प्रतीक्षा गरियो।

    Post Views: 295
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.