• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

भोजपुरी स्टार पवनसिंहमाथि ठगीको आरोप, अदालतमा मुद्दा दर्ता

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र ५, बिहीबार ०९:५५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    मुम्बई- भोजपुरी सुपरस्टार तथा गायक पवन सिंह कानुनी समस्यामा फसेका छन् ।

    वाराणसी अदालतले अभिनेता विरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको छ। व्यापारी विशाल सिंहका तर्फबाट जिल्ला अदालतमा निवेदन परेको थियो ।

    पवन सिंहसहित अन्य दुईजनाले करिब सबा करोड रुपैयाँ लगानी गर्न लगाएर फिर्ता नदिएको आरोप लागेको छ । फिल्म बनाउन लिएको १.२५ करोड फिल्म रिलिज भए पछि अभिनेताले उनलाई आफ्नो हिस्साको पैसा दिएनन् ।

    यो केस २०१८ मा रिलिज भएको फिल्म ‘बोस’सँग सम्बन्धित छ, जसमा विशाल सिंहलाई लगानी गर्ने नाममा ठगी गरिएको भनिएको छ । विशाल सिंहका वकिलले एक करोडभन्दा बढीको ठगी भएको बताएका छन् । मुख्य न्यायिक मजिस्ट्रेट वाराणसीले पवन सिंह सहित ४ जना विरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको जानकारी दिएका छन् ।

    पवन सिंहले ठगी गरेको आरोप लगाउँदै विशाल सिंहका वकिल राहुल द्विवेदीले भने, ‘मेरो क्लाइन्ट विशाल सिंह व्यापारी हुन् । उनले मुम्बईमा प्रेमशंकर रायलाई भेटेका थिए। उनी चलचित्र निर्देशक हुन् । त्यसपछि उनले फिल्म निर्माणको सिलसिलामा धेरैसँग भेट गरेका थिए । त्यसपछि उनले पैसा लगानी गर, फिल्म बनाएर नाफा दिन्छौं भने । त्यसपछि पवन सिंहसँग भेटवार्ता भयो।’

    वकिल राहुल द्विवेदीले अगाडी भने, ‘पवन सिंहले पनि पैसा लगानी गरेर फिल्म बनाउन भनेका थिए । फिल्म बन्यो र हिट भयो तर मेरो क्लाइन्टलाई पारिश्रमिक दिएनन, त्यसपछि मेरो क्लाइन्ट चिन्तित भए र हामीकहाँ आए। प्रहरी चौकी गयौं, त्यहाँ सुनुवाइ भएन । हामीले अदालतको बाटो लियौं र अब अदालतले ठीक ठानेर ठगीको मुद्दा दर्ता गर्न आदेश दिएको हो ।’

    वाराणसीको एक जिल्ला अदालतले फिल्म लगानी घोटालामा १३ अगस्त २०२५ मा पवन सिंह विरुद्ध यो आदेश दिएको उनले जानकारी दिएका छन् । अदालतले अभियुक्त विरुद्ध ठगी र किर्तेको मुद्दा प्रमाणित भएको पहिलो फेस स्वीकार गरेका छन । जिल्ला अदालतले सीआरपीसीको दफा १७३ (४) बमोजिम कारबाही गर्दै क्यान्ट प्रहरी चौकीमा ठगीको मुद्दा दर्ता गर्न आदेश दिएको हो ।

    Post Views: 273
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.