• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

नेपाललाई भारतको जवाफ : लिपुलेक नेपालले आफ्नो भन्न प्रमाण पुग्दैन

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र ५, बिहीबार ०८:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- लिपुलेकबाट भारत-चीनबीच हुने सीमावर्ती व्यापार पुनः सुरु गर्ने विषयमा नेपालको धारणालाई भारतले एकतर्फी भन्दै अस्वीकार गरेको छ । भारतको परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बुधबार विज्ञप्ति जारी गर्दै अस्वीकार गरेका हुन् ।

    नेपालले लिपुलेकलाई आफ्नो भूभागको दाबी भारतले अस्वीकार गरेको छ । लिपुलेकसहितको भूमि नेपालकाे नयाँ नक्सामा समावेश छ । उक्त संसदबाट सर्वसम्मत पारित भएको छ ।

    ‘जहाँसम्म भौगोलिक दाबीहरूको कुरा छ, हाम्रो धारणा के हो भने यस्ता दाबीहरू न त ऐतिहासिक तथ्यमा आधारित छन् न त प्रमाणमा । कुनै पनि एकतर्फी कृत्रिम रूपमा गरिएका भौगोलिक दाबीहरू अस्वीकार्य छन्’ भारतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘भारत नेपालसँग बाँकी रहेका सीमा–सम्बन्धी मुद्दाहरूलाई संवाद र कूटनीतिक माध्यममार्फत समाधान गर्न सधैं तयार छ ।’

    ‘भारत र चीनबीच लिपुलेक मार्ग हुँदै हुने सीमा व्यापार सन् १९५४ मा सुरु भएको थियो र दशकौँदेखि चल्दै आएको छ । यो व्यापार पछिल्ला वर्षहरूमा कोभिड र अन्य कारणले अवरुद्ध भएको थियो । दुवै पक्षबीच सहमति भएपछि यसलाई पुनः सुरु गर्ने निर्णय गरिएको हो’ विज्ञप्तिमा भनिएको छ ।

    भारत र चीनबीच भएको लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने सहमतिप्रति बुधबार नेपाल सरकारले आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेको थियो ।

    ‘नेपालको संविधानमा देशको आधिकारिक नक्सा समावेश भइसकेको छ र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ’ नेपालको परराष्ट्र प्रवक्ताको जवाफमा भनिएको थियो ‘नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण/विस्तार, सीमा व्यापार जस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै आएको व्यहोरा पनि विदितै छ । उक्त क्षेत्र नेपाली भू-भाग भएको विषयमा मित्रराष्ट्र चीनलाई समेत औपचारिक रूपमा जानकारी गराइसकिएको व्यहोरा पनि अवगत नै छ ।’

    ‘नेपाल-भारतबिच रही आएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार ऐतिहासिक सन्धि-सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा दुवै देशबिचको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहिआएको छ’ भनिएको छ ।

    • कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग : नेपाल
    Post Views: 256
    • कालापानी
    • नेपाल-भारत
    • लिपुलेक
    • लिम्पियाधुरा
    • सीमा विवाद
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.