• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

सफल कुखुरापालक : जसले महिनामै ३ लाखको अण्डा बेच्छन्

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र २, सोमबार १३:०९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–११ का रेवन चौधरी व्यावसायिक कुखुरापालक उद्यमीका रूपमा परिचित छन् । लेयर्स जातका कुखुरापालनमा लागेका उनले महिनामै रु तीन लाख बढीका अण्डा बिक्री गर्छन् ।

    कामदार, कुखुराको चारो, औषधि लगायतको खर्च कटाएर चौधरीले महिनामा रु एक लाख जतिको रकम आम्दानी गर्छन् । नगरपालिका क्षेत्रको चौधरी नै पहिलो व्यावसायिक रूपमा कुखुरापालक किसानका रूपमा हुनुहुन्छ । तीन दशकदेखि उनले व्यावसायिक रूपमा कुखुरापालन गर्दै आएका छन् ।

    उनको जीवनयात्रा कहालीलाग्दो सङ्घर्ष र कठिनाइको बाटो पार गर्दै यहाँसम्म आइपुगेको हो । कहिल्यै नचुहिने घर, अन्नपातले भरिएको भान्सा र व्यावसायिक कुखुरा फार्मले सजिएको वर्तमान जीवनलाई उनले दशकअघिको खरले छाएको झुपडीसँग जोडेर हेर्नुहुन्छ ।

    “त्यो झुपडीमा एउटा कोठा सुत्नका लागि प्रयोगमा ल्याउथ्यौं, अर्को कोठामा कुखुरापालन हुन्थ्यो”, उनी भन्छन्, “वर्षा लाग्दा पानी चुहेर सुत्ने ठाउँसमेत नहुने अवस्था हुन्थ्यो, छोरालाई वर्षाको पानीबाट जोगाउन सिरकभित्र लुकाउँथ्यौं, हामी दुवै बुढाबुढीको अधिकांश समय छानो टाल्दैमा बित्थ्यो ।”

    चौधरीको पुख्र्यौली घर कृष्णपुर नगरपालिका–६, बालुवाफाँटा हो । अहिले पनि उनको त्यहाँ कमाइ खोने जग्गा छ । त्यो जग्गालाई उनले अधियामा खेती गर्नका लागि दिनुभएको छ । सशस्त्र द्वन्द्व चरम उत्कर्षमा पुग्नुअघि नै उनी परिवारसँगै नगरपालिकाको झलारी बजार बजारमा बस्नका लागि आइपुगेका हुन् । बस्ने ठेगानै नभएपछि चिनजानका स्थानीय घुम्मन चौधरीको जग्गामा सानो झुपडी बनाएर बसाइ सुरू भएको उनी स्मरण गर्छन् । त्यही झुपडीमै विसं २०५६ मा कुखुरापालन व्यवसायको सुरुआत भयो ।

    देशमा सङ्कटकाल घोषणा भएको बेलाको एउटा सम्झना चौधरीका लागि अझै पनि गहिरो छ । कुखुरापालनका लागि खर ल्याउन बेलडाँडी पुगेका उनी ट्रयाक्टरमा खरसहित झलारी फर्किदै गर्दा सुरक्षाकर्मीले विद्रोही पक्षका लागि कार्य गर्न थालेको आशंकामा चालकलाई नियन्त्रणमा लिएका थिए । “केही दिन प्रहरी चौकीकै चक्कर काट्नु पर्‍यो, धेरै हारगुहारपछि मात्रै चालक छुटाउन सक्यौँ”, उनले भने । जस्तोसुकै समस्या आए कुखुरापालन भने उनले कहिल्यै छाडेनन् ।

    चौधरीको उद्यमशील यात्राको पहिलो पाइलो ब्रोइलर कुखुराबाट सुरू भयो । पाँच सय कुखुराबाट सुरू गरेको व्यवसाय विस्तारै बढ्दै गयो । आम्दानी बढेसँगै उनले चल्ला थप्दै लगे । त्यतिबेला झलारी बजारमा व्यावसायिक रूपमा ब्रोइलर पालन गर्ने उनी मात्रै एक्लै थिए । यही आम्दानीबाट उनले चार कठ्ठा जग्गा खरिद गरे र स्थायी फार्म निर्माण गरे ।

    सात वर्षसम्म ब्रोइलर कुखुरापालन गरेपछि चौधरीले लेयर्स कुखुरापालन गर्न थाले । आज उनीसँग दुई वटा फार्म छन् । त्यहाँ तीन हजारभन्दा बढी लेयर्स कुखुरापालन गरिएका छन् । कुखुरापालनका लागि चौधरीले रु ४० लाख बढी लगानी गरेका छन् ।

    दैनिक छदेखि आठ पेटी अण्डा उत्पादन हुन्छ, जसको मूल्य स्थानीय बजारमा प्रति पेटी रु तीन हजार तीन सय पर्छ । महिनामा झण्डै रु तीन लाखको अण्डा बिक्री हुन्छ भने रु दुई लाख जति खर्च कटाएर पारिवारिक जीवन सहज रूपमा धानिएको छ । बिहान ५ बजेदेखि साँझ ढल्केसम्म परिवारका सबै सदस्य काममा खटिन्छन् ।

    उनीकी श्रीमती पृथीदेवी चौधरी भन्छन्, “आम्दानी यहीबाट छ, त्यही भएर गाह्रो भए पनि मेहनत गर्नैपर्छ ।” कुखुरापालनकै आम्दानीले चौधरीले छोरीलाई उच्च शिक्षासम्म पढाएर अहिले सरकारी सेवा प्रवेश गरेको उनी बताउनुहुन्छ । उनले छोरालाई रु १० लाख खर्च गरेर वैदेशिक रोजगारीका लागि युरोपको सर्विया पठाएका छन् । उनले अर्को छोरालाई पढाइ पश्चात पढाइ विवाह गरेर आफूसँगै व्यवसायमा संलग्न गराएका छन् ।

    दश वर्षका लागि भाडामा जग्गा लिएर चौधरीले तीन वर्षअघिदेखि बङ्गुरपालन व्यवसाय सुरु गरेका छन् । “पहिलो वर्ष ४५ वटा बङ्गुर पाल्दा राम्रो आम्दानी भयो”, उनले भन्नुभयो, “त्यसको एक वर्षअघि महामारी फैलिएर धमाधम अन्य किसानका बङ्गुर मर्ने क्रम सुरु भएपछि ३१ वटा बङ्गुर बिक्री गरिदिए ।” हाल फार्ममा ११ वटा मात्र बाँकी छन् । गतवर्ष मात्रै उनले रु दुई लाख २५ हजारका पाठापाठी बिक्री गरेका थिए ।

    चौधरी केवल व्यवसायी मात्रै नभएर समाजसेवीका रूपमा चिनिनुहुन्छ । उनले वेस नामक संस्थाको अध्यक्ष भएर दुई दशकभन्दा बढी समय समाजसेवामा सक्रिय भूमिका खेलेका छन् । आज उनले व्यवसायमै आत्मनिर्भर बनेर सन्तानलाई उज्ज्वल भविष्य दिन सकेका छन् । खरझुपडीमा बिताएका दिन उनको जीवनको एउटा अध्याय भए पनि आजको दृढता र लगनशीलताको जग त्यहीबाट राखिएको कुरा उनी निर्धक्कसँग बताउँछन् ।

    Post Views: 322
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    बढ्यो अण्डाको मूल्य
    पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.