• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

सचिवसँग कार्यसम्पादन सम्झौता गर्दै मन्त्री सिंहले सोधे- अघिल्लो वर्ष किन समयमा योजनाहरू सकिएन ?

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र २, सोमबार १२:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलबीच आर्थिक वर्ष ०८२/८३ का लागि कार्यसम्पादन सम्झौता भएको छ । शहरी विकास मन्त्रालयको सभाहलमा उपप्रधानमन्त्री सिंहसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव सिग्देलले कार्यसम्पादन सम्झौता गरेका हुन् ।

    उपप्रधानमन्त्री सिंहले आर्थिक वर्ष ०८२/८३ मा गरिने कार्य सम्पादनलाई छिटो र प्रभावकारी बनाउन आज भएको सम्झौता इमानदारीपूर्वक पालना गर्न निर्देशन दिए । उनले अघिल्लो आर्थिक वर्षमा समयमा काम हुन नसक्दा लक्ष्य हासिल नभएकोमा असन्तुष्टि जनाउँदै समयमा योजनाहरू किन सकिएनन् ? भन्दै प्रश्न पनि गरे ।

    ‘कर्मचारीहरुले निर्वाह गर्नुपर्ने भूमिका इमानदार भएर पूरा गर्नुपर्यो । समयमा गर्नुपर्ने निर्णय समयमा हुनुपर्यो । पन्छने प्रवृत्तिले समयमा काम हुन सक्दै । गर्नुपर्ने काम समयमा गनुस्, जनतालाई छिटो रिजल्ट दिनुपर्छ,’ उनले भने,‘शहरी विकास मन्त्रालय विकास निर्माणसँग सम्बन्धित मन्त्रालय हो । नागरिकको प्रत्यक्ष चासो जोडिएको हुन्छ । जनतालाई छिटो नतिजा दिने गरि काम गर्नुपर्छ । यसमा सबै गम्भीर बन्नुस् ।’ उनले अघिल्लो आवमा भएका कमजोरी नदोहोर्याउन सचेत गराउादै चालू आर्थिक वर्षमा मन्त्रालयका काम प्रभाकवारी बनाउने गष्रि लाग्न सचिवसहित सबै विभागिय प्रमुखहरुलाई निर्देशन पनि दिए ।

    सचिव सिग्देलले गत आवमा केही कारणले आर्थिक प्रगति कम भएपनि भौतिक प्रगति राम्रो भएको भन्दै चालू आवमा कार्यलक्ष्य हासिल गर्ने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उपप्रधानमन्त्री सि।हले यसअहघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।

    Post Views: 197
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.