• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

सिरहामा ८८ प्रतिशत रोपाइँ सकियो

  •  नेपाल सन्दर्भ
  • २०८२ भाद्र २, सोमबार १०:५० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    सिरहा- लामो समयको खडेरीपछि साउनको अन्त्यसम्म आइपुग्दा जिल्लामा रोपाइँ सकिन लागेको छ । कृषि ज्ञानकेन्द्र सिराहाका अनुसार हालसम्म जिल्लामा ८८ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ, भने आगामी केही दिनभित्र बाँकी रोपाइँ पनि सम्पन्न हुने जनाइएको छ ।

    प्रमुख नरेन्द्रकुमार महासेठका अनुसार साउन दोस्रो सातासम्म करिब ४५ प्रतिशत मात्र रोपाइँ भएको थियो । उनले भने,“तर साउन तेस्रो साताबाट सुरु भएको निरन्तर वर्षाले रोपाइँको गति बढायो र मसान्तसम्म आइपुग्दा ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।”

    उनका अनुसार खडेरीको समयमा अधिकांश किसानले रोपाइँ गर्न सकेका थिएनन् । तर साउनको अन्त्यतिरको अनुकूल मौसम र किसानको सक्रियता रोपाइँलाई तीव्र बनाउन मुख्य कारण बन्यो । “साउन १५ गतेअघि रोपिएको धानको उत्पादन राम्रो हुने सम्भावना छ, तर त्यसपछि रोपिएको धानमा उत्पादनमा केही ह्रास आउने देखिन्छ,” महासेठले भने ।

    उनले भदौको पहिलो सातासम्म थप दुई प्रतिशत रोपाइँ पनि सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । “यो वर्ष जिल्लामा ९० प्रतिशत हाराहारीमा रोपाइँ पुग्ने अनुमान छ,” तर जिल्लाको उत्तरी भेगमा भने केही क्षेत्रमा अत्यधिक खडेरीका कारण धान रोपोमै सुकेको देखिएको छ । यद्यपि दक्षिणी क्षेत्रमा यस्तो अवस्था नरहेको उनले स्पष्ट पारे ।

    कृषि ज्ञान केन्द्रले जिल्लाका १७ स्थानीय तहसँग समन्वय गरेर रोपाइँको प्रगतिसम्बन्धी तथ्याङ्क सङ्कलन गरेको हो । सबै स्थानीय तहका कृषि शाखाको सहकार्य गरी आफूहरुले तथ्याङ्क तयार पार्ने गरेको उनको भनाइ छ ।

    जिल्लाको धानखेतीमा कमला नहरले पनि महत्वपूर्ण भूमिका खेलेको छ । खडेरीका समयमा भूमिगत पानीको स्रोत तथा कमला नहरमार्फत सिँचाइ भएको जमिनमा प्रारम्भिक रोपाइँ गर्न सम्भव भएको थियो । केन्द्रका अनुसार कमला नहरबाट करिब १२ हजार पाँच सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ ।

    विशेषगरी कर्जन्हा, मिर्चैया, कल्याणपुर, सिरहा र सुखीपुर नगरपालिकाका साथै विष्णुपुर र औरही गाउँपालिकाका किसान यसबाट प्रत्यक्ष लाभ लिएका छन् । सिरहामा कूल धान खेतीयोग्य ५४ हजार क्षेत्रफल जग्गा रहेको ज्ञानकेन्द्रले जनाएको छ ।

    जिल्लामा धानबाली प्रमुख बाली हो । हरेक वर्ष करिब उस्तै परिमाणमा बर्खे धानखेती गरिँदै आएको छ । यस वर्षको प्रारम्भिक स्थितिमा देखिएको ढिलाइको बाबजुद साउन अन्त्यसम्म आइपुग्दा रोपाइँको गति उल्लेख्य बनेको छ । अब बाँकी रोपाइँ सम्पन्न भएसँगै आगामी हप्ता जिल्लामा रोपाइँ अन्तिम चरणमा पुग्ने अपेक्षा गरिएको छ । रासस

    Post Views: 242
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.