• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल
Advertisement

प्रसूतिगृह लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर हो : स्वास्थ्यमन्त्री पौडेल

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण ३१, शनिबार १५:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले महिला स्वास्थ्यसम्बन्धी विशिष्टीकृत अस्पतालका रुपमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर रहेको बताएका छन् ।

    परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६६औं वार्षिकोत्सवमा उनले प्रसूतिगृह नेपालको स्वास्थ्य क्षेत्रको विकासको साक्षी रहेको बताए । उनले भने, “अस्पतालले सुरु गरेको नियोनेटल स्क्रिनिङ, मिल्क बैंकजस्ता कार्यक्रमले नवजात शिशुको मृत्युदर घटाउन महत्वपूर्ण भूमिका खेल्नेमा म विश्वस्त छु । सरकारले हालै ल्याएको निःसन्तान उपचार मापदण्डको सफल कार्यान्वयनमा यस अस्पतालको पुनःस्थापित आइभिएफ सेवाले नेतृत्वदायी भूमिका खेल्नेछ ।”

    मन्त्री पौडेलले भविष्यमा यस अस्पतालमा ११ शय्या थप गरेर ५०० शय्या बनाइने बताए । उनले काठमाडौँका दुई नगरपालिकामा २५/२५ शय्याको स्याटेलाइट प्रसूति अस्पताल निर्माणको सम्झौता गरेर उपत्यकाको बढ्दो चापलाई व्यवस्थापन गर्ने तयारी रहेको जानकारी गराए । उनले स्त्रीरोग, आमा तथा शिशु सुरक्षा कार्यक्रम स्वास्थ्य बिमा कार्यक्रमसँग जोडिने पनि बताए ।

    अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले स्त्रीरोगसम्बन्धी दुरबिन प्रविधिबाट हुने शल्यक्रिया, गर्भवतीका लागि मानसिक स्वास्थ्य ओपिडी र फेटल तथा मेटर्नल इको सेवाले रिफरल दर घटाएको बताए । उनले भने, “गत आर्थिक वर्षमा मात्रै करिब २१ हजार सफल प्रसूति गराइएको र बहिरङ्ग विभागबाट दुई लाख ३३ हजारभन्दा बढीले सेवा लिएका छन् ।”

    उनले गत आवमा आठ हजार ६९३ जना निःसन्तानसम्बन्धी सेवाग्राहीहरुले ओपिडीबाट सेवा लिएको बताउनुभयो । कूल २९८ जना महिलाले आइयुआई सेवा र ४३ जना निःसन्तान सेवाग्राहीहरुले आइभीएफ सेवा लिएको जानकारी गराए ।

    डा अधिकारीले ‘नियोनेटल स्क्रिनिङ टेष्ट’ बाट हालसम्म यस अस्पतालमा करिब दुई हजार नवजात शिशुहरुको परीक्षण गरिएको र सोमध्ये २० जना नवजात शिशुहरुको विभिन्न रोगको पहिचान गरी उपचार गरिएको छ । यो टेष्टले भ्रुण तथा गर्भमा रहेको शिशुको आनुवांशिक रोगको निदान गर्न सहज भएको छ ।

    यो अस्पताल विसं २०१६ भदौ १० गते श्रीकृष्ण जन्माष्टमीको दिनमा ४० शय्याबाट परोपकार संस्थाले स्थापना गरेकोे हो । देशको एकमात्र महिला स्वास्थ्यसम्बन्धी यो केन्द्रीय विशिष्टीकृत अस्पताल हाल ४८९ शय्या सञ्चालनमा रहेको छ ।

    Post Views: 154
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • २. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ३. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ४. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    • ५. वैशाख १ गते मात्र फुल्ने सलहेश फूल हेर्नेको घुइँचो

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.