• समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • कला
  • विचार/ब्लग
  • प्रदेश
  • स्वास्थ्य
  • शिक्षा
  • परदेश
  • विश्व
×
☰
    • समाचार
    • राजनीति
    • अर्थ
    • खेलकुद
    • कला
    • विचार/ब्लग
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • परदेश
    • विश्व

ट्रेण्डिङ :

    पैसा मृत्यु मौसम केपी शर्मा ओली राशिफल पानी नेकपा माओवादी केन्द्र वर्षा चीन क्रिकेट एनपीएल

ट्रम्प-पुटिनबीच वार्ता : चार देशका नौसेनाको घेराबन्दी, युद्धपोत र जहाजले समुद्रको निगरानी

  •  नेपाल सन्दर्भ
  • २०८२ श्रावण ३०, शुक्रबार ०९:५१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    अलास्का- यतिखेर सारा विश्वको नजर अलास्का, अमेरिकामा टिकेको छ ।

    नेटोको प्रमुख सहयोग पाइरहेको युक्रेनको भविष्य २४ घण्टापछि यहाँ तय हुँदैछ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच अलास्का, उत्तर अमेरिकामा भव्य बैठक हुँदैछ । यो बैठक अघि पनि अलास्का विश्वका सबैभन्दा ठूला दुई नेताको सुरक्षाका लागि युद्धपोत र पनडुब्बीले घेरिएको छ ।

    क्यानडा, चीन, अमेरिका र रुसका नौ सेनाले यहाँ घेराबन्दी सुरू गरेका छन् । यति मात्र होइन्, अलास्काले स्याटेलाइटमार्फत पनि यसको नजिकबाट निगरानी गरिरहेको छ । चारै देशका पनडुब्बीहरूले समुन्द्रमा हुने हरेक गतिविधिमाथि नजर राखिरहेका छन् । युद्धपोत र गस्ती गर्ने जहाजहरूको ठूलो संख्यामा हरेक घण्टा, हरेक मिनेट समुद्रको निगरानी गरिरहेको छ।

    आकाशमा गस्ती गर्ने विमानहरूले जमिन र समुद्रमा निरन्तर निगरानी राखिरहेका छन्। अलास्कामा हुन लागेको यस दशककै सबैभन्दा ठूलो बैठकका लागि यी चर्को सुरक्षा तयारी गरिएको छ ।

    अगस्ट १५ मा अमेरिका र रुसका राष्ट्रपतिहरू अलास्का पुग्दैछन्, जहाँ रूससँग युद्ध लडिरहेको युक्रेनको भविष्य तय हुनेछ। सो भेटअघि ट्रम्पले युक्रेनले आफ्नो भूमि छाडेर भएपनि रूससँग शान्ति सम्झौताका लागि तयार हुनुपर्ने अभिब्यक्ति दिएका छन्, जसलाई जेलेन्स्कीले अस्विकार गरेका छन् । यो खतरनाक अभिब्यक्ति पछि जेलेन्स्की युरोपलाई आफ्नो पक्षमा उभ्याउन बुधबार जर्मन पुगेका थिए, उनले जर्मन चान्सलरबाट समर्थन पाइसकेका छन् ।

    शुक्रबार बिहान राष्ट्रपति ट्रम्पले वासिंगटन डिसीबाट यात्रा सुरू गर्नेछन्, यो क्रममा एन्कोरेज हुँदै अलास्का पुग्नेछन् । जहाँ उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय बैठक गर्नेछन् । वार्ताको वातावरण बनाउन तथा अन्य सुरक्षासहितको तयारीको जिम्मेवारी रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र मार्को रुबियोलाई दिइएको छ ।

    समाचार अनुसार एंकरेजमा अगस्त १५ का लागि नोटिस जारी गरिएको छ कि यस दिन कुनै पनि विमानलाई यहाँबाट जान दिइने छैन । उता, पुटिनको हवाई मार्गलाई निकै सुरक्षित बनाइएको छ । रुसी राष्ट्रपतिको विमान राजधानी मस्कोबाट उड्नेछ र बेरिङ स्ट्रेट हुँदै अमेरिकाको अलास्का प्रवेश गर्नेछ, जहाँबाट एंकोरेज पुग्नेछ।

    एन्कोरेज पुग्न पुटिनले करिब ७३०० किलोमिटर हवाई यात्रा गर्नेछन् तर प्रश्न यो छ कि पुटिनको अलास्का भ्रमणका लागि यो रुट किन रोजियो ? वास्तवमा रुसको पूर्वी छेउ अमेरिकाको अलास्काबाट मात्र ८१ किलोमिटर टाढा छ । यी दुईबीचमा बेरिङ स्ट्रेट छ, जहाँ रूसी र अमेरिकी नौ सेनाहरूको जमघट हुने गर्दछ । यस मार्गबाट पुटिनले अन्तर्राष्ट्रिय समुद्री सीमामा जान आवश्यक पर्दैन । उनीहरू रुसी हवाई क्षेत्रबाट सिधै अमेरिकी आकाशमा प्रवेश गर्नेछन्, जसका कारण उनीहरुको सुरक्षामा कुनै खतरा हुने छैन ।

    Post Views: 202
    तपाईको प्रतिक्रिया
    सम्बन्धित सन्दर्भ
    कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल
    जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा
    पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय
    ताजा सन्दर्भ
    • १. वर्षभरि यातायात सञ्चालन गर्न चागुले–वासपाटी–सिम्ले–ठोलाखेत कृषि सडक स्तरोन्नति हुँदै

    • २. कुलेश्वरमा खुल्याे २५ सटरमा फलफूल पसल

    • ३. जलविरेमा ७६० जनाले लिए स्वास्थ सेवा

    • ४. पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

    • ५. नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि सङ्कल्प गर्ने दिन : राष्ट्रपति पौडेल

    चर्चित सन्दर्भ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Kalanki, Kathmandu, Nepal.
    Phone :
    Email :

    सामाजिक संजाल

    © 2025 Nepal Sandarbha . All Rights Reserved.